Monday, January 23, 2012

जेनीको गायन जादु


हालै सम्पन्न एक स्टेज कार्यक्रममा चीनको इछाङ शहरकी नौं बर्षीया बालिकाले हजारौं दर्शकहरूको माझ उभिएर गीत गाइन् । उनको गायनलाई अत्यन्त मन पराइयो । मिठो स्वरकी धनी ती बालिकाको नाम छिङ सी इङ हो । करिब तीन मिनेटसम्म गाइएको त्यो गीत कार्यक्रम मध्यको उत्कृष्ट प्रस्तुति ठानिएको थियो । प्रस्तुत छ तिनै प्रतिभाशाली बालगायिका छिङ सी इङसँग हामीहरूले गरेको छोटो कुराकानी  

तिमीलाई साथीहरूले के भनेर चिन्दछन् ?
जेनी मेरो अंग्रेजी नाम जेनी हो । साथीहरूले पनि जेनी नै भन्दछन् ।
तिमी कुन विद्यालयमा पढ्छौ ?
जेनी  चाइना थ्री गर्जेज मिडल स्कुलमा पढ्छु । मेरो स्कुल यही सहरको गजौबा भन्ने ठाउँमा छ ।
यति मिठो गीत गाउन तिमीले कसले सिकायो ?
जेनी यो गीत गाउन म आफैले सिकेको हो ।
तिमीलाई यति धेरै दर्शकहरूको सामु उभिएर गीत गाउँदा कस्तो अनुभव    भयो ?
जेनी  अलि  अलि डर लाग्यो ।
तिम्रो साथीहरूले पनि गीत गाउँछन् ?
जेनी  गाउँछन् । कोही कोही साथीहरूले चिनीयाँ गीत गाउँछन् र कोही कोहीले अंग्रेजी गीत पनि गाउँछन् ।
अहिले सम्म तिमीले कुनै कार्यक्रममा पुरस्कार पाएका छौ ?
जेनी  मैले सान्सिया नामक चिनियाँ लोकल पत्रिकाले आयोजना गरेको कार्यक्रमा गीत गाउँदा पुरस्कार पाएको थिएँ । तर मैले अझै मिठो गीत गाउनफुर्सदको समयमा के गर्छौ ?
जेनी  म  फुर्सदको समयमा गीत गाउने अभ्यास गर्छु । टेलिभिजनमा आउने महिलाहरूको कार्यक्रम हेर्छु । तर मलाई विभिन्न किताबहरू खुब पढ्न मन लाग्छ ।
अनि खेलकुद ?
जेनी  म  प्राय साथीहरूसँग खेल्ने गर्छु । घर नजिकै खेल्छु । मलाई बास्केट बल खेल्न सा¥है मनपर्छ ।
तिमीलाई इन्टरनेटको बारेमा केही ज्ञान छ ?
जेनी  अलि  अलि छ । म इन्टरनेटमा साथीहरूसँग कुराकानी गर्छु । कहिले कहिले कम्प्युटरमा गेम पनि खेल्ने गर्छु ।
तिमीले गीत गाउँदा बाबा र ममी कतिको खुशी हुनुहुन्छ ?
जेनी  मलाई बाबा र ममीले नै गीत गाउन प्रोत्साहन दिनुभएको हो ।
तिमीलाई नेपालको बारेमा केही थाहा छ ?
जेनी  नेपाल हाम्रो छिमेकी मुलुक हो । नेपालीहरू एकदमै मिलनसार हुन्छन् ।
भविष्यमा के बन्न चाहन्छौ ?
जेनी  मैले खासै सोचेको छैन । तर म एकदम खुशी भएर अरू मानिसहरू पनि म जस्तै खुशी भएको देख्न चाहन्छु ।
(जेनीकी बुबा हाल China three gorges university, medical collge को डीन हुनुहुन्छ ।)
तस्वीर अभिनाश कुमार साह भाषा  विशेष श्रेष्ठ प्रस्तुति  सरोज शाही

No comments:

Post a Comment