सहरको घर सलाईको बट्टाजस्तो
सहरको घर कपालको लट्टाजस्तो
मुनिबाट छानु हेर्दा शिरको टोपी खस्ने
माथिबाट मुनि हेर्दा मनै कहालिने ।
सहरको घर औडेखौडे दाँतजस्तो
सहरको घर अग्लोअग्लो बाँसजस्तो ।
कहीँ कतै भेटिँदैन हावा खेल्ने ठाउँ
साँघुरो छ बाटो, गल्लीघुम्न कहाँ जाऊँ ?
सहरको घर बयरको झुप्पाजस्तो
सहरको घर निस्सासिने गुफाजस्तो ।
No comments:
Post a Comment