Tuesday, January 24, 2012

‘बढी भन्दा बढी पाठ्यपुस्तक र ज्ञानगुनका किताबहरू ब्रेल लिपिमा तयार हुनुपर्छ भन्ने हाम्रो माग हो’– दुई दृष्टिविहिन बालिकाहरू


Sarita Adhikari and Sarita Aryal
सरिता अधिकारी कक्षा ८ मा पढ्छिन् । उनी आँखा देख्दिनन् । ब्रेल लिपीबाट पढ्छिन् । काठमाडौं कीर्तिपुरको ल्याब्रोटरी स्कुलमा पढ्ने उनी एकदमै सुरिलो स्वरमा गीत गाउन सिपालु प्रतिभा हुन् । उनले वि.सं. २०६८ भदौ २९ गते राष्ट्रिय बालदिवसका अवसरमा नेपाल बाल संगठनले आयोजना गरेको बालगीत प्रतियोगितामा प्रथम पुरस्कार जितेकी थिइन् । दुबै आँखा नदेख्ने १२ बर्षीय सरिताले गीत गाएको उनका संगीत विषयका गुरु रमेश सुवेदीलाई पनि एकदमै मनपर्छ ।
यिनै प्रतिभाशाली छात्रा सरितासँग यस अंकमा हामीले कुराकानी गरेका छौं । जुन यहाँ प्रस्तुत गरिएको छ ।
कहिलेदेखि गीत गाउन थाल्नुभयो ?
म सानैदेखि गाउने गर्थें । कहिलेकाही गीत, कविता पनि लेख्ने गर्छु ।
जिन्दगी के हो जस्तो लाग्छ ?
मेरा लागि त संघर्षमय यात्रा हो जिन्दगी ।
आँखा देख्नुहुन्न, बाहिरको संसार कस्तो होला जस्तो लाग्छ ?
संसार रमाइलो छ जस्तो लाग्छ ।
के कुराले गर्दा रमाइलो होला जस्तो लाग्छ ?
साथीभाइ, प्रकृति, विकास आदि कारणले गर्दा रमाइलो भएको होला भन्ने     लाग्दछ ।
कसरी ल्याब्रोटरी स्कुलमा पढ्न आइपुग्नु भयो ?
पहिला म पोखराको अमर सिंह उच्च माविमा पढ्थें । पछि दृष्टिबिहिनका लागि यो स्कुल राम्रो छ भन्ने थाहा पाएर पढाइको सिलसिलामा यहाँ आइपुगेकी हुँ ।
कस्तो शब्द भएको गीत गाउन मन लाग्छ ?
म जस्तै बालबालिकाको मनको कुरा भन्ने शक्ति भएको गीतगाउन मन लाग्छ ।
गीतको अभ्यास कसरी गर्नुहुन्छ ?
पहिला सुरुमा गीतको शब्दलाई गुरुले भन्दिनुहुन्छ । म ब्रेल लीपिमा लेख्छु । त्यसपछि गुरुको आज्ञा अनुसार गाउने अभ्यास गर्छु ।
एउटा गीत राम्ररी गाउने हुन कति दिन सिक्नुपर्छ ?
बढीमा दुई हप्ता र घटीमा एक हप्ता लाग्ने गर्छ । यस पल्ट पुरस्कार पाएको गीत तयार गर्न मलाई ७ दिन लागेको थियो । प्रतियोगिता चाँडै हुने भएकाले समय छोटो भएका कारण मैले हरेक दिन अलि बढी समय दिएर यो गीतको अभ्यास गरेकी थिएँ ।
तपाईलाई के गर्दा मज्जा लाग्छ ?
मलाई गीत गाउन र फुर्सदको बेला रेडियो सुन्न मज्जा लाग्छ । रेडियोमा म बालकार्यक्रमहरु र गीतहरु सुन्छु ।
तपाईको घरमा कोको हुनुहुन्छ ?
आमा, बुवा, दिदी र भाइ हुनुहुन्छ । म कान्छी छोरी हुँ । बुवाको कपडा पसल     छ ।
भविष्यमा के बन्ने विचार छ ?
भविष्यमा गायक बन्ने उद्देश्य छ । त्यसका लागि म मिहिनेत गरिरहेकी छु ।
मनपर्ने गायक र गायिका कोको हुन् ?
मलाई गायक स्वरुपराज आचार्य, गायिका रेजिना रिमाल र अन्जु पन्त मनपर्छ ।
ब्रेल लीपिमा पढेर किताबका कुराहरु सिक्न र परीक्षामा राम्रो गर्न कत्तिको गाह्रो वा सजिलो  के छ ?
सुरुसुरुमा गाह्रो हुँदोरहेछ । तर सिकेपछि बिस्तारै सजिलो हुँदै जानेरहेछ । आँखा देख्ने साथीहरुसँगै बसेर पढ्ने भएकाले कतिपय कुरा त सुनेर पनि बुझ्न र थाहा पाउन सकिन्छ नि !
दृष्टिबिहीन बालबालिकाको पढाइलाई अझ राम्र्रो गर्न के कुरा गरिदिए हुन्थ्यो जस्तो लाग्छ ?
पाठ्यपुस्तक, साहित्यका किताब, सामान्यज्ञानका किताब र मनोरञ्जनका किताबहरु बढी बे्रल लीपिमा भइदिए धेरै राम्रो हुने थियो । साथै त्यसरी नै बढी भन्दा बढी राम्रा ज्ञानगुनका किताबहरु सुन्ने किताबका रुपमा उत्पादन भइदिए पनि धेरै राम्रो हुने थियो ।
ठूलो मान्छे हुनुपर्छ कि असल मान्छे हुनुपर्छ जस्तो लाग्छ ?
असल मान्छे बन्नुपर्छ जस्तो लाग्छ । किनकि विचार र भावना असल भएको मान्छे नै सबैभन्दा ठूलो हुन्छ भन्ने मलाई लाग्दछ ।
तपाईंको होस्टेलको बसाई कस्तो छ अहिले ? यसमा केही कुरा नपुगेको छ कि ?
सजिलो छ । होस्टेलमा बस्छु । गीत सुन्ने साधनको चाहिँ अभाव छ । त्यो पाए अझ बढी आफ्नो क्षमता बढाउन सक्थें भन्ने मलाई लाग्छ । राम्रो गायक बन्न पहिला अरुले गाएका बढी भन्दा बढी गीत सुन्नुपर्छ भन्ने मलाई लाग्छ ।
जीवनमा आँखा नदेख्ने भएकोमा पछुतो लागेको त छैन नि ?
जीवनमा एकदमै उत्साहका साथ अगाडि बढिरहेकी छु । मलाई आफू दृष्टिविहीन भएकोमा केही पछुतो छैन । मान्छे जो जहाँ जस्तो अवस्थामा छ, त्यही अवस्थामा नै संघर्ष गरी प्रगति गर्न सक्ने  मान्छे नै असल र ट्यालेन्ट मान्छे हो जस्तो मलाई लाग्छ । दुःखमा आत्तिने मान्छेले कहिल्यै प्रगति गर्न सक्दैन । म पनि कहिलेकाही अलिअलि दुःखी हुने गर्छु तर फेरि आत्मविश्वासका साथ अघि बढ्ने गर्छु ।
सरिता अर्याल कक्षा ६ मा पढ्छिन् । उनी पनि आँखा देख्दिनन् । ब्रेल लिपीबाट पढ्छिन् । सरिता अधिकारीसँगै एउटै स्कुलमा पढ्ने उनी एकदमै सुरिलो स्वरमा गीत गाउन सिपालु प्रतिभा हुन् । उनले रेडियो नेपालले आयोजना गरेको राष्ट्रिय बालगीत प्रतियोगितामा सान्त्वना पुरस्कार जितेकी थिइन् ।
यिनै प्रतिभाशाली छात्रा सरिता अर्यालसँग यस अंकमा हामीले कुराकानी गरेका छौं । जुन यहाँ प्रस्तुत गरिएको छ ।
किन गीत गाउनु हुन्छ ?
यो मेरो सानैदेखिको रुचि हो ।
कस्ता गीत गाउन मन लाग्छ ?
बालगीत र लोकगीत गाउछु ।
गीत कस्तो हुनुपर्छ जस्तो लाग्छ ?
सबैको मनछुने खालको हुनुपर्छ । त्यसका लागि जीवनमा मेल खाने हुनुपर्छ ।
के कुरा गर्दा रमाइलो लाग्छ ?
गीत संगीत सुन्दा रमाइलो लाग्छ ।
जीवन केहो जस्तो लाग्छ ?
मेरा लागि त संघर्षको माध्यम हो जीवन । बाँच्नका लागि आफै संघर्ष       गर्नुपर्छ ।
होस्टेलको बसाइ कस्तो भइरहेको छ ?
रमाइलो नै भइरहेको छ ।
भविष्यमा के बन्ने उद्देश्य छ ?
एउटा राम्रो गायिका बन्ने धोको छ । त्यसकै लागि मिहिनेत गरिरहेकी छु ।

Monday, January 23, 2012

प्रतिभाको कुरा सुनौं, लिटिल मिस वल्र्ड विपश्वी पौडेल के भन्छिन् ?



मेरो मनपर्ने ठाउँ स्तानबुलको समुद्रको किनार र नेपालमा पोखरा हो । मलाई मनपर्ने लेखक विलियम ब्लेव र लक्ष्मीप्रसाद देवकोटा हुन् । भविष्यमा मलाई अन्तरिक्ष यात्री बन्ने इच्छा छ । मेरो लक्ष्य पनि त्यही हो । डाक्टर बन्न मलाई मन छैन ।
मलाई कथाको किताब पढ्न एकदमै मनपर्छ । बार्बीको डायरी मेरो मनपर्ने कथाको किताब हो । मलाई बत्ती गएको मनपर्दैन । मेरो मिल्ने साथी माया लामा र सलिना कार्की हुन् । मलाई घिउँ हालेको जाउलो खान मज्जा लाग्छ । स्निकर चकलेट, चकलेट स्वादको आइसक्रिम र पिज्जा पनि मलाई मनपर्छ । खरबुजा, लौका र मेवा मलाई मनपर्दैन ।मिस वल्र्डमा भाग लिन जाँदाको बेला समुद्रमा पौडी खेल्दा निकै रमाइलो भएको थियो । म एकदमै खुसी भएको क्षण पनि हो त्यो । मलाई चित्र बनाउँन र कि बोर्ड बजाउँन मन लाग्छ । 
मिस वल्र्डमा जाँदा मैले बनाएका मेरा दुई बेस्ट फ्रेन्डहरु एलिक्यू प्रिन्स लू (दक्षिण अफ्रिका) र मड्रिना (काजकिस्तान) हुन् ।                                           

जेनीको गायन जादु


हालै सम्पन्न एक स्टेज कार्यक्रममा चीनको इछाङ शहरकी नौं बर्षीया बालिकाले हजारौं दर्शकहरूको माझ उभिएर गीत गाइन् । उनको गायनलाई अत्यन्त मन पराइयो । मिठो स्वरकी धनी ती बालिकाको नाम छिङ सी इङ हो । करिब तीन मिनेटसम्म गाइएको त्यो गीत कार्यक्रम मध्यको उत्कृष्ट प्रस्तुति ठानिएको थियो । प्रस्तुत छ तिनै प्रतिभाशाली बालगायिका छिङ सी इङसँग हामीहरूले गरेको छोटो कुराकानी  

तिमीलाई साथीहरूले के भनेर चिन्दछन् ?
जेनी मेरो अंग्रेजी नाम जेनी हो । साथीहरूले पनि जेनी नै भन्दछन् ।
तिमी कुन विद्यालयमा पढ्छौ ?
जेनी  चाइना थ्री गर्जेज मिडल स्कुलमा पढ्छु । मेरो स्कुल यही सहरको गजौबा भन्ने ठाउँमा छ ।
यति मिठो गीत गाउन तिमीले कसले सिकायो ?
जेनी यो गीत गाउन म आफैले सिकेको हो ।
तिमीलाई यति धेरै दर्शकहरूको सामु उभिएर गीत गाउँदा कस्तो अनुभव    भयो ?
जेनी  अलि  अलि डर लाग्यो ।
तिम्रो साथीहरूले पनि गीत गाउँछन् ?
जेनी  गाउँछन् । कोही कोही साथीहरूले चिनीयाँ गीत गाउँछन् र कोही कोहीले अंग्रेजी गीत पनि गाउँछन् ।
अहिले सम्म तिमीले कुनै कार्यक्रममा पुरस्कार पाएका छौ ?
जेनी  मैले सान्सिया नामक चिनियाँ लोकल पत्रिकाले आयोजना गरेको कार्यक्रमा गीत गाउँदा पुरस्कार पाएको थिएँ । तर मैले अझै मिठो गीत गाउनफुर्सदको समयमा के गर्छौ ?
जेनी  म  फुर्सदको समयमा गीत गाउने अभ्यास गर्छु । टेलिभिजनमा आउने महिलाहरूको कार्यक्रम हेर्छु । तर मलाई विभिन्न किताबहरू खुब पढ्न मन लाग्छ ।
अनि खेलकुद ?
जेनी  म  प्राय साथीहरूसँग खेल्ने गर्छु । घर नजिकै खेल्छु । मलाई बास्केट बल खेल्न सा¥है मनपर्छ ।
तिमीलाई इन्टरनेटको बारेमा केही ज्ञान छ ?
जेनी  अलि  अलि छ । म इन्टरनेटमा साथीहरूसँग कुराकानी गर्छु । कहिले कहिले कम्प्युटरमा गेम पनि खेल्ने गर्छु ।
तिमीले गीत गाउँदा बाबा र ममी कतिको खुशी हुनुहुन्छ ?
जेनी  मलाई बाबा र ममीले नै गीत गाउन प्रोत्साहन दिनुभएको हो ।
तिमीलाई नेपालको बारेमा केही थाहा छ ?
जेनी  नेपाल हाम्रो छिमेकी मुलुक हो । नेपालीहरू एकदमै मिलनसार हुन्छन् ।
भविष्यमा के बन्न चाहन्छौ ?
जेनी  मैले खासै सोचेको छैन । तर म एकदम खुशी भएर अरू मानिसहरू पनि म जस्तै खुशी भएको देख्न चाहन्छु ।
(जेनीकी बुबा हाल China three gorges university, medical collge को डीन हुनुहुन्छ ।)
तस्वीर अभिनाश कुमार साह भाषा  विशेष श्रेष्ठ प्रस्तुति  सरोज शाही

Friday, January 20, 2012

केटाकेटी न्युज मासिक पत्रिकाको नयाँ अंक बजारमा आइपुगेको छ । यस अंकको आकर्षण यस प्रकार रहेको छ

ketaketi news, year 7, issue 5
१. कार्तिकेय बालप्रतिभा पुरस्कार कोषको वारेमा विशेष सामग्री, कोषले दश वर्षमा के कति बालप्रतिभालाई पुरस्कृत ग¥यो ? कोको पुरस्कृत भए भन्ने लगायत कोषको वारेमा विभिन्न व्यक्तित्वका विचारहरु ।
२. लिटिल मिस वल्र्ड विपश्वी पौडेल के भन्छिन् ? उनको विचार र रमाइला फोटोहरु ।
३. वर्ष २०६८ मा कुन कुन बालप्रतिभाहरु पुरस्कृत भए ? ती बालप्रतिभाको परिचय यस अंकमा रहेको छ ।
४. आँखा नदेखेर केभो त, हामी गीत गाएर नै संसार जित्न सक्छौ । दृष्टिविहिन बालिकाहरु सुमधुर स्वरकी धनी सरिता अधिकारी र सरिता अर्यालसँगको मनछुने कुराकानी ।
५. प्रा. डा. अच्युतमणि आचार्यको जाडोमा बालबालिकाको स्वास्थ्य विषयमा लेखका साथै प्रमोद प्रधान, महेश पौड्याल, मोहन कार्की, पारस श्रेष्ठ, भगवती पौडेल, ऋषिराम पाण्डे, श्लेष्मा क्षेत्री, अञ्जना राजवंशी र सुमिक्षा खड्काको विचारहरु ।
६. शुभतारा स्कुलमा कक्षा चारमा पढ्ने प्रतिभाशाली बालिका आँचल भण्डारीको प्रतिभावारे आवरण चर्चा र चीनकी बालप्रतिभा जेनीसँगको कुराकानी, चीनबाट सरोज शाहीको कोसेली ।
७.  र, केटाकेटी क्विजका साथै अन्य रमाइला जानकारी एंवं केटाकेटी मिडियाबाट प्रकाशित कृतिहरुवारेको जानकारी यस अंकमा समेटिएका छन् ।