Friday, February 24, 2012

‘बालसाहित्य पढ्नेहरू चलाख र बुद्घिमान् हुन्छन्’

Art by Binita Buddhacharya
राष्ट्रिय सभाग्रहमा केही समयअघि सम्पन्न भएको साझा बृहत् पुस्तक प्रदर्शनीमा आफ्ना छोराछोरीलाई सँगै लिएर आइपुगेका काठमाडौं सिफलका राजेश लामिछानेले भने– छोराछोरी बालकथा भनेपछि पढ्न हुरुक्कै गर्छन् । त्यसैले पुस्तक मेलामा छानी–छानी किताब पाइन्छ भन्ने सुनेर आएको । 
  छेउमै उभिएर बुवाको कुरा सुनिरहेकी कक्षा ५ मा पढ्ने जानुकाले मुसुक्क हाँस्दै भनिन्– मलाई बालकथा पढ्न मज्जा लाग्छ । उनका भाइ निखिलले पनि के कम थिए उनले पनि थपिहाले मलाई त चुट्किलाको किताब मनपर्छ । चित्रहरू धेरै भएको कथा पनि मनपर्छ ।
 यसपल्टको मेलामा काठमाडौंका मात्र होइन काठमाडौं छेउछाउका जिल्लाहरू नुवाकोट, धादिङ, ललितपुर र भक्तपुरलगायतका जिल्लाका अभिभावकहरू आफ्ना छोराछारीलाई मनपर्ने बालसाहित्यको किताब किनेर लगिदिन कस्सिएर आएका भेटिए । उनीहरूले रमाइला–रमाइला बालसाहित्यका किताब पोको पारेर छोराछोरीलाई कोसेली लगिदिएको दृश्य साँच्चै रमाइलो थियो ।
 बुवासँगै किताबको पोको बोकेर दङ्ग पर्दै गरेकी मुनाले भनिन् – मलाई यो मेलामा थुप्रै थरी किताब एकै ठाउँमा पाएकोमा खुसी लाग्यो । ल हेर्नुहोस् मैले किनेका किताब । उनले उत्साहित हुँदै आफ्नो झोला देखाइन् । उनको झोलामा रमाइला कथाका किताब र मेमोरी कसरी बढाउँने, बृहत् समान्यज्ञानलगायतका किताबहरू थिए ।
अनि उनले झन् उत्साहित हुँदै भनिन्– ‘थाहा छ, यी किताब बाबाले मलाई बर्थडेको गिफ्ट दिनुभएको हो नि !’
    वास्तवमा यसपालिको पुस्तक मेला हेर्न थुप्रै अभिभावकहरू आए र बालबालिकाहरू पनि आए । तर काठमाडौं नैकापकी सुभलता नहकर्मीलाई यो प्रदर्शनीमा किताब छान्न धौ–धौ प¥यो । उनले गुनासो गर्दै भनिन्– अलि स्पष्ट जानकारी दिने सिस्टम भएन । कुन किताब कता हो खोज्नै गाह्रो । अलि राम्ररी ठूलो मिलाएर म्याप बोर्ड  प्रदर्शनी ठाउँमा राखेर कुन खालको किताबको कुनो कता हो देखाएर प्रदर्शनी गरे राम्रो हुने थियो । यहाँ त सब घारघुर रहेछ । किताब खोज्नै गाह्रो !
 यसरी विद्यार्थी बालबालिकाहरू आफैले धाएर अनि अभिभावकले चासो देखाएर छोराछोरीलाई पढ्ने मौका दिनु राम्रो कुरा हो भन्छन् बाल चिकित्सक, विशेषज्ञ एवं समाजसेवी प्रा.डा. अच्युतमणि आचार्य । उनी भन्छन्– वास्तवमा बालसाहित्य पढ्ने बालबालिकाहरू चलाख र वुिद्घमान हुन्छन् । त्यस्तै विचार राख्छन् मुना पत्रिकाका पूर्व सम्पादक एवं वरिष्ठ पत्रकार शिवप्रसाद भट्टराई । उनी भन्छन्– बालसाहित्यले बालबालिकाको सिर्जनशील क्षमताको विकास गर्छ । साथै, उनीहरूलाई काम गर्न प्रेरित र अग्रसर पनि गराउछ ।

न्याहुल र सुगाको प्रेम – ध्रुव थापा, हाल– अमेरिका

 एउटा जंगलको बीचमा ठूलो पोखरी थियो । त्यहाँ हजारौ प्रजातिका चराचुरुङ्गी र वन्य जनावरहरू मिलेर बस्थे । त्यसै हुलमा एउटा न्याहुल सुगा पनि थियो । तिनीहरूको एक अर्कामा प्रगाढ प्रेम थियो । न्याहुल सधैं गाउने र सुगा भने विभिन्न गीतको शब्दहरू सृजना गर्दथ्यो । तिनीहरूमा मित्रता हुनुको मुख्य कारण पनि त्यही थियो । उनीहरूको मित्रता देखेर सबै जनावरहरु इश्र्या गर्दथे ।
    समयको अन्तरालमा तिनीहरू माझ पनि असन्तुष्टी बढ्न थाल्यो । एक अर्काप्रतिको प्रेम भाव, समर्पणमा कमि देखिन थाल्यो । एक दिन जंगलको राजाको मृत्य भयो । अब जंगलको नियम अनुसार नयाँ राजाको चयन हने भयो । राजा बनाउन सबै आ–आफ्नो समर्थन बटुल्न थाले । जंगलमा वर्षौदेखि मिलेर वसेका जनावरहरूमा मतभिन्नता देखिन थाल्यो । राजनीतिले जहिलेपनि यस्तै विभाजन ल्याउछ । दैव संयोग  न्याहुल चिलको पक्षमा लाग्यो भने सुगा मयूरको पक्षमा लाग्यो । चिलले आफ्नो प्रतिनिधि स्वरुप न्याहुललाई उठायो तर सुगा भने मौन सर्मथन झै बस्यो । यसै बीच तिनीहरूको मित्रतामा शंकाको बीजारोपण भयो, प्रेम खोक्रो बन्यो ।
    समय र सागरले कसैलाई पर्खदैन । समयमा भोट भयो भयो । मयूरले बहुमत पाएर विजय बन्यो भने चिल पराजित भई आत्मग्लानिले अन्यत्रै गयो । न्याहुल पनि हुलमा मिसिन छाड्यो । एक्लै बस्ने भयो । उता सुगा भने सवैको सहमतीमा मन्त्री भयो । तर ऊ दुःखी थियो । यस पदमा कारण उसले आफ्नो परम मित्र गुमाएको थियो । सुगाले लाखौं प्रयत्नमा पनि न्याहुलको हृदय जित्न सकेन । बरु ऊ स्वयं चिन्ता र दुःखले अस्वस्थ्य भयो । दिन प्रतिदिन उसको अवस्था अझ करुण हुदै गयो । यसै शोकले एकदिन सुगालाई  अति सतायो उसलाई उपचारको निम्ति अन्यत्रै पठाइयो । धेरै   चराचुरुङ्गी उसको स्वास्थ्यको कामना गर्न आए तर न्याहुल आएन । अब झन अति असहनीय भयो सुगालार्ई । ऊ अन्तमा मन्त्री पदबाट राजीनामा दिएर देश विदेशको भ्रमणमा निस्कियो । त्यसपछि सुगा धेरै देश घुमेर निकै अनुभव बटुल्दै लोकप्रियता हासिल गर्दै गयो । एक दिन सारा पशु पंक्षीले सुगालाई आफ्नो राजा ठाने । तर सुगा यो सब स्वीकार्न असमर्थ थियो कारण ऊ अति महत्वकांक्षी र न्यायप्रीय थियो । यसैले उसलाई राजा हुन उचित लागेन कारण उसलाई मन नपराउने उसकै प्रीय साथी थियो ।
    उसमा मित्रलाई भेट्ने प्रगाढ चाहना बढ्यो । ऊ आफ्नो पुरानो ठाउँ फर्कने भयो । उसको त्यहाँ धुमधामसित स्वागत भयो । सारा पशुपंक्षीलाई निम्त्याइएको थियो । उसको स्वागतको निम्ति । तर त्यहा“ अफसोस न्याहुल आउन सकेको थिएन । सुगालाई यो सारा स्वागत निरर्थक लाग्यो र ऊ दुःखी भई जंगलतिर लाग्यो । आफ्नो पुरानो साथीको खोजमा ।  खोज्दा खोज्दा जंगल बीचमा उस्ले न्याहुललाई एक्लै चुपचाप बसेको पायो । ऊ अति हर्षित भयो । कारण न्याहुललाई ऊ फेरि फर्केर आउने छ र उनीहरुको मित्रता यथावत कायम रहने छ भन्ने थियो । तर न्याहुल भने अर्कै भइसकेको थियो । लाख मनाउँदा पनि ऊ फर्कन चाहेन । उसलाई भीडमा आउन हिम्मत र साहस थिएन । ऊ सोच्दथ्यो कि त्यहाँ उसको अपमान हुनेछ भनेर । आफ्नो अपमान कसलाई मन पर्दछ र ऊ त्यहा जाओस् । सुगाले धेरै विन्ति ग¥यो, सम्झायो सारा पशुपंक्षीले तिम्रो प्रतिक्षा गरिरेहछन् भन्यो तर न्याहुल आफ्नै अंहकार र घमण्डले मातिएको थियो । सुगाको याचनामा उसले व्यंग्य देख्यो । अन्त्यमा हार भएर सुगा फर्कियो । ऊ अति दुःखी हृदय लिएर त्यस स्वागत सभामा जान सकेन । उसले आफ्नो सारा ज्ञान मान, प्रतिष्ठा सारा निरर्थक देख्यो । उसले आफ्नै परम मित्रलाई खुसी तुल्याउन सकेको थिएन र आफुले हासिल गरेको सारा ज्ञान उसलाई व्यर्थ लाग्यो । उसले अझै आफूप्रति कमी र असन्तुष्टि पायो । यसरी अन्तमा सुगाले मित्र विछोडको विरहमा आत्महत्या ग¥यो ।
    यो खबर सारा जंगलमा फैलियो न्याहुलले पनि सुन्यो र अब भने उसको सारा घमण्ड समाप्त भयो । बल्ल उसको आ“खा खुल्यो । तर अफसोच अब धेरै ढिलो भइसकेको थियो । उसले स्वयंलाई सुगाको हत्यारा ठान्यो र उसमा भएको कला त्यो सुमधुर गीत सदा–सदाको निम्ति हरायो । फलस्वरुप आज पनि न्याहुल वन जंगलमा एक्लै रुँदै दुःखी भएर मित्र वियोगमा तड्पिएर एक्लै  बन जंगलहरूमा रोई हिडेको देखिन्छ ।

अमेरिकामा चम्किरहेका बालप्रतिभा

Child Talent Himanshu
यस अंकमा हामीले अमेरिकामा नै जन्मिएर उतै हुँर्कदै, उतै बस्दै पढिरहेका नेपाली बालप्रतिभा हिमांशु निभा कुँवरसँग च्याटमा कुराकानी गरेका छौं । उनी प्रतिभाशाली बालक हुन् । सानै नौ वर्षको उमेरमा किताब लेख्न सफल उनले अनलाइन रेडियोमा कार्यक्रम पनि चलाइरहेका छन् ः
के छ खबर, के गर्दै हुनुहुन्छ ?
ठीक छ । म स्कुल गइरहेको छु । राम्ररी पढिरहेको छु ।   ... तपाईं नेपाल घुम्न आउनुभएको छ ? नेपाल आउँदा के गर्न रमाइलो लाग्छ ?
आएको छु । मलाई नेपालमा साथीहरूसँग चौरमा खेल्न पाउँदा निक्कै मज्जा आएको थियो ।
Himanshu's Family
तपाईंको नेपाली साथीहरू छन् ?
छन्, तर धेरै छैनन् ।
तपाईंको रुचि केमा छ ?
मलाई साहित्य लेख्न मनपर्छ । वैज्ञानिक बन्ने मेरो लक्ष्य हो । आविष्कारक बन्नु मेरो चाहना हो ।
लेखक किन बन्नु भएको ?
सानै देखि कमिक्स र कथाको किताब पढेर हुर्किएँ । त्यही भएर मलाई लेख्न मन लागेको हो ।
मनपर्ने नेता को हुन् ?
मलाई मनपर्ने प्रेसिडेन्ट रुजबेल्ट हुन् । अब्राहम लिङ्कन र डेनियल ¥याडक्लिप पनि मलाई मनपर्ने नेता हुन् ।
नेपालमा बस्ने साथीहरूलाई के भन्न मन   लागेको छ ?
स्कुलको किताब पढेर मात्र हुँदैन अरु धेरै बालसाहित्यका किताबहरू पनि पढ्ने गर्नुस् भन्न मन लागेको छ ।
के गर्दा तपाईंलाई मज्जा लाग्छ ?
 किताब पढ्दा मलाई मज्जा लाग्छ । जेके रोलिङको हेरिपोर्टर र टाइट कुबो, इचिरो ओडाको म्यागा पढ्दा निक्कै मज्जा लाग्छ ।
... अमेरिकामा कसरी पढाइन्छ ? मास्टरले लौरोले पिट्छन् कि पिट्दैनन् ?
यहाँ शिक्षकले विद्यार्थीलाई पिट्न पाउँदैनन् । त्यो गैर कानुनी काम हो । यहाँ शिक्षकले राम्रो भयो भने पुरस्कार दिन्छन् । नराम्रो भयो भने अफिसमा लगिन्छ, अभिभावकलाई फोन कल गर्छन् । अफिसमा जानु, फोन कला आउँनु यहाँ विद्यार्थीका लागि लाजमर्दो कुरा हो । नेपालमा वर्षभरि कोर्ष बुकमात्र पढाइन्छ अरे तर यहाँ गणित, सामाजिक, विज्ञान, इतिहास, शिक्षा विषय वाहेक लेख्ने, पढ्ने, सामाजिक काम लगायतका कुरा पनि पढाइसँगै आउँछन् । कम्तिमा हप्तामा एउटा नयाँ किताब पढेर कम्प्युटरमा आफै जाँच दिएर आफूले कति जानें भन्ने कुरा थाहा पाउँन सकिन्छ । यो विद्यार्थीलाई आफूले आफैलाई सुधार्ने राम्रो मौका हो जस्तो मलाई लाग्छ । त्यसैले हामी विद्यार्थीलाई जति सक्यो बढी सक्रिय बनाएर हामीलाई सिकायो भने त्यो ज्ञान इफेक्टिभ हुन्छ भन्ने कुरा नेपालका टिचरले पनि बुझ्नु जरुरी छ ।

Sunday, February 19, 2012

Children's Song by Prabha Bhattrai, बालगीत — प्रभा भट्टराई

(Prabha Bhattrai)
सानैदेखि हाम्रो मन भाँच्न नखोज
हामीलाई पैसासँग साट्न नखोज
चाँहिदैन सुन चाँदी सम्पत्तीको धारो
हामीलाई पैसाभन्दा बाबाआमा प्यारो


न्यानो काख छुटाएर किन पार्छौ पाखा
सिक्न थाल आजैबाट ममताको भाका
सन्ततीको मोलतोल जाँच्न नखोज
हामीलाई पैसासँग साट्न नखोज


दामी दामी बोतलमा दूध खान दिन्छौ
बोली फुट्दा बोर्डिङमा बन्द गरिदिन्छौ
पैसा तिरे छुट्ने भयो तिम्रो अभिभारा
आया हाम्री आमा भइन् तिमी भयौं टाढा
साइनोको डोरी हाम्रो काट्न नखोज
हामीलाई पैसासँग साट्न नखोज ।

(source : ketaketi news monthly, fagun 068, page 3)

Children's Poetry by Shaswat Parajuli, सहरको घर — शाश्वत पराजुली

सहरको घर सलाईको बट्टाजस्तो
सहरको घर कपालको लट्टाजस्तो

मुनिबाट छानु हेर्दा शिरको टोपी खस्ने
माथिबाट मुनि हेर्दा मनै कहालिने ।
सहरको घर औडेखौडे दाँतजस्तो
                            सहरको घर अग्लोअग्लो बाँसजस्तो ।

कहीँ कतै भेटिँदैन हावा खेल्ने  ठाउँ
साँघुरो छ बाटो, गल्लीघुम्न कहाँ जाऊँ ?

सहरको घर बयरको झुप्पाजस्तो
सहरको घर निस्सासिने गुफाजस्तो ।

ह्वाइटफिल्ड स्कुलमा बालकथावाचन सम्पन्न


 ह्वाइटफिल्ड स्कुलमा बाबालिकाका लागि साहित्य लेख्ने लेखक कार्तिकेय घिमिरेले कथावाचन गरेका छन् । कक्षा ६ र ७ का विद्यार्थीमाझमा लेखक घिमिरेले आफ्ना रमाइला ७ वटा बालकथाहरु वाचन गरी सुनाएका थिए ।

Saturday, February 18, 2012

केटाकेटी न्युज मासिक पत्रिकाको २०६८ फागुन अङ्क बजारमा छ । पढ्ने प्रयास गर्नुहोस् है !

यस अंकका सामग्रीहरू
१. दक्षिण एसियामा उत्कृष्ट बालप्रतिभा प्रभा न्यौपानेको आवरण चर्चा ।
२. बालअधिकारकी प्रणेत्री एग्लान्टाइन जेब व्यक्तित्व वारे सम्पादकीय टिप्पणी ।
३. प्रभा भट्टराईको गीत र शाश्वत पराजुलीको कविता ।
४. साथै शारदा अधिकारी ढकाल, श्लेष्मा क्षेत्री, कार्तिकेय, विद्या सापकोटा ‘निर्जला’, ध्रुव थापा र प्रतिभा केसीका कथाहरू ।
५. गोपाल पराजुलीको बाल्यकाल र महेश पौड्यालको एकाङ्की । 
६. प्रा. डा. अच्युतमणि आचार्यको मार्मिक लेख ।
७. नाम राख्न सरकारको अनुमति लिनुपर्ने, जंगबहादुर र जादु, जोन अफ आर्क को हुन ? लगायत रोचक सत्यहरू ।
८. जेलमा आश्रित बालप्रतिभा अनिता सुनारको प्रतिभा परिचय ।
९. ‘बालसाहित्य पढ्नेहरू चलाख हुन्छन्’ – फिचर लेख ।
१०. फेसबुकमा भेटिए अमेरिकामा बस्ने प्रतिभा (विलक्षण बालप्रतिभा हिमाँशु निभा कुँवरसँगको कुराकानी)
११. रमाइला बालकथाहरूको किताब (पुस्तक परिचयमा)
१२. पिरिरीको चिठी ः सत्य बोल्छु .. स्तम्भमा ।
१३. अमेरिकी समाजसेवी फिमा डेविजसँग भेटघाट ।
१४. बालप्रतिभा सुशान्तमान सिंह मास्केको स्तम्भ ः बालआवाज ।
१५. मेरो चित्र ः बालबालिकाले बनाएका चित्रहरू ।
१६. कोठेपद, अंकजाल, शब्दजाल र केटाकेटी क्विज प्रतियोगिताहरू र पत्रमित्रता ।
१७. बालबालिकाका लागि हरेक दिन रु १ दान गरौं ः प्रयास नेपालको आब्हान ।
प्रमुख बितरक  आर. बि. न्युज, न्युरोड, काठमाडौं ।
              फोन  ४२१६६५८, २२९०८१२, ९८१९८१४०१८

Wednesday, February 1, 2012

विलक्षण प्रतिभाशाली बालिका प्रभा न्यौपाने



विलक्षण प्रतिभाशाली बालिका हुन् । उनी सन् २०११, दक्षिण एसिया स्तरीय हर्लिक्स वीजकिड प्रतियोगितामा बेस्ट कस्टुयम पुरस्कार जित्न सफल भएकी प्रतिभा हुन् ।
यति मात्र होइन यी चौध वर्षिय बालिका प्रभाले टिन स्टार २०१०, हर्लिक्स वीजकिड नेपाल २०११, बेस्ट डान्सर एण्ड बेस्ट पब्लिक  स्पिकर २००९ र स्टुडेन्ट क्वालिटि सर्कलले ३५ देशका बालबालिकाबीच आयोजना गरेको ट्यालेन्ट प्रतियोगितामा दोस्रो भई यिनी अन्तर्राष्ट्रिय पुरस्कार पनि जित्न सफल भएकी छिन् । यी बाहेक कक्षा ३ मा पढ्दादेखि पुरस्कार जित्दै आएकी यिनले दर्जनौ पुरस्कारहरू जितेकी छिन् । यिनै प्रतिभाको वारेमा केटाकेटी न्युजको आगामी अंकमा आवरण चर्चा प्रकाशित हुने भएको छ । प्रभा अहिले बालकोट भक्तपुरमा रहेको मेरिगोल्ड विद्यालयमा कक्षा ९ मा अध्ययनरत रहेकी छिन् । यिनी नेपालको दुर्गम क्षेत्र जुम्लामा जन्मिएकी प्रतिभा हुन् ।

Youngest News Reader Girl Pratisna KC कान्छी समाचारवाचक प्रतिस्ना केसी


Youngest News Reader Girl Pratisna KC
आज केटाकेटी न्युज पत्रिकाको रेडियो नेपालमा समाचार भन्ने सानी साथीसँग भेट भयोसम्भवतः उनी सानै उमेरमा समाचार भन्ने कान्छी समाचारवाचक पनि हुन्हँसिली प्रतिभाशाली सानी समाचारवाचक साथीको नाम प्रतिस्ना केसी हो
उनी बुवा डिल्लेश्वर आमा ताराकी प्यारी छोरी हुन्उनलाई समाचार भन्दा मज्जा लाग्छउनको स्वर कोइलीको जस्तै उनी गीत गाउन पनि सिपालु छिन्उनी भन्छिन्–  समाचार भन्दा नयाँनयाँ कुरा थाहा पाइन्छ, त्यसैले समाचार भन्दा मलाई राम्रो लाग्छ
भविष्यमा राम्रो गायक डाक्टर बन्ने लक्ष्य लिएकी प्रतिस्नालाई गायिका दुर्गा खरेल मनपर्छराम सिटौला उनको मनपर्ने गायक हुन्उनले विगत सात महिनादेखि रेडियो नेपालमा समाचार भन्दै आइरहेकी छिन्अनुशासन नै विद्यार्थीको गहना हो भन्ने प्रतिस्ना विद्यालयको राम्रो मिहिनेती विद्यार्थी हुन् भन्नुहुन्छ बालकोट, भक्तपुरमा रहेको मेरिगोल्ड विद्यालयका प्रिन्सिपल भुवनलाल श्रेष्ठप्रतिस्ना सोही विद्यालयमा कक्षा मा पढ्छिन्उनी अहिले दश वर्षकी भइन्सानी नानी प्रतिस्नाको भविष्य सुन्दर होस्, केटाकेटी न्युज पत्रिकाको तर्फबाट उनलाई धेरै  धेरै  शुभकामना ।