Sunday, December 11, 2011

निर्दोष आसु

बहस
(अरुण होस्टलमा बस्ने विद्यार्थीमाध्ये सबैभन्दा कान्छो थियो । त्यसैले सबै उसलाई निकै माया गर्थे । सबै उसलाई काखमा राख्न मन गर्थे । ऊ हँसमुख थियो, सधैँ हाँसिरहन्थ्यो । यस्तो लाग्थ्यो, उसको जिन्दगीमा उदासीका लागि कुनै स्थानै छैन । बेलाबेलामा ऊ खेल मैदानको एकछेउमा बनाइएको डबलीमाथि उभिएर माथि आकाशमा उन्मुक्त उडिरहेका गौंथलीहरूलाई हेरिरहेको देखिन्थ्यो । यो कुनै गम्भीर काव्यिक चिन्तनजस्तो देखिन्थ्यो, यद्यपि सबैलाई थाहा थियो, यो एउटा बालशुलभ निर्दोषिता थियो ।
ऊ पढाइमा साह्रै जेहेन्दार थियो । यसले पनि उसको लोकप्रियता बढाएकै थियो ।  उसँग खासै गुनासहरू थिएनन्, र उसका मागहरू पनि त्यति थिएनन् । ऊ सधैँ प्रफुल्ल्ति देखिन्थ्यो, र आफैँसँग खेलमग्न देखिन्थ्यो ।
एक दिन अबेर राती उसलाई केही लेखिरहेको देखियो । रात निकै घर्किसकेको थियो, र उसको उमेरका बालबालिका सुतिसक्नु पर्ने समय भएको थियो । तर ऊ आफ्नो काममा तल्लिन थियो । हामी शिक्षकहरू गोप्य रुपमा चियो गर्ने निधो ग¥यौँ । हामीले उसलाई समायौँ र उसले लेख्दैगरेको चिठी पनि फेला पा¥यौं । जब बुद्ध सर चिठी पढ्न थाल्नुभो, ऊ छेवैमा बसेर हाम्रा मुखमा हेरिरह्यो । उसका ओठमा हल्का मुस्कान छँदैथियो । चिठी अगाडि बढ्दै गयो, ऊ आफ्नो टाउको तलमाथि हल्लाइरह्यो । उसका ससाना गोल आँखा कहिले बुद्ध सरको, त कहिले मेरो अनुहारमा घुमिरहे । बेलाबेलामा झ्यालबाट बाहिर पनि हे¥थ्यो । हुनसक्छ उसलाई प्यारा लाग्ने ती गौंथलीलाई हेर्न चाहन्थ्यो ऊ । जब चिठी पढेर सिध्याइयो, उसको ओठको हाँसो पनि हराइसकेको थियो । निर्दोष आँसुका ढिक्काले उसको खुसीको ठाउँ ओगटिसकेका थिए । चिठी यस्तो थियोः— )
प्यारी आमा,
म यहाँ आरामै छु । यो होस्टल निकै ठूलो छ । यी कोठाहरू पनि कत्राकत्रा ।
मैले यहाँ धेरै साथी पनि बनाएको छु । गुरुहरू पनि माया गेर्नखाल्का हुनुहुन्छ । यति मात्र हो, तपाई यहाँ हुनुहुन्न ।
थाह छ, अस्तीको हप्ता हाम्रा गुरुहरूले हामीलाई पिकनिकको लागि गोदावरी लानुभयो । कति मीठामीठा खानेकुराहरू बनाइएका थिए । हामी सबैले बडो मज्जाकासाथ खायौँ । कुरो यतिमात्र हो, तपाई हुनुहुन्नथ्यो त्यहाँ ।
पिकनिको अलि दुख लाग्दो कुरो योमात्रै हो कि मलाई त्यहाँ क्रिकेट खेल्दा खुट्टामा चोट लागेको थियो । ओहो, त्यो क्रिकेटको मैदान त कत्रो ठूलो थियो । त्यो हाम्रो बारीपल्तिरको ग्राउण्ड छ नि, त्योभन्दा पनि ठूलो । तर मैदानैभरि साऽना साना ढुङ्गा छरिएका । म एउटा ढुङ्गोमा ठोक्किएँ र मलाई चोट लाग्यो । रगत पनि बग्यो औंलाबाट । मलाई सरहरूले छेउको औषधी पसलमा लानुभो । त्यहाँ नर्सले मलाई माया गरेर औषधि लगाइदिनुभो । मलाई राम्रो भयो । तर त्यहाँ तपाई हुनुहुन्नथ्यो ।
हरेर दिन स्कुलपछि आया दिदीहरूले हामीलाई नुहाइदिनुहुन्छ । हाम्रो स्कुलमा पानी तताउने मसिन छ । तपाईले त्यस्तो मसिन देख्नुभाको छ ? आहा, कत्ति मज्जाले पानी तताउँछ । हामी मनतातो पानीमा नुहाउँछौं र सफासुग्गर हुन्छौं । दिदीहरूले हामीलाई माया गरेर सहयोग गर्नुहुन्छ । लुगा पनि
धोइदिनुहुन्छ, र नुहाइधुवाइ सकेपछि सुकिला लुगा लाइदिनुहुन्छ । सबैकुरा घरमा जस्तै छन् । तर, आमा तपाई हुनुहुन्न यहाँ ।
आमा, तपाईलाई यहाँ बडो मज्जा लाग्नेछ । हरेक रात, हामी सुत्नुभन्दा अगाडि गुरुहरूले कति मज्जाका कथा सुनाउनुहुन्छ हामीलाई । ती कथामा बाँदर पनि हुन्छन्, ठूला र साना दुबै खाल्का । ठूला बाँदरहरू बडी हाँसोलाग्ने खाल्का हुन्छन् । गुरुहरूले कथा भनेको बेला हामी गोलाकार बनाएर ओरिपरि बस्छौँ । तर आमा, ती कथा तपाईले सुत्ने बेलामा भनेका काथा जस्ताचाहिँ हुँदैनन् । आमा, तपाई हुनुहुन्न यहाँ । हामी त केटाकेटी हौँ, र यहाँ सबैले भन्छन केटाकेटी बदमास् हुन्छन रे ।
हामी पनि बदमास छौं । कहिलेकाहिँ हाम्रा हातबाट चियाका गिलास खस्छन् र चिया भैंमा पोखिन्छ । कहिलेकाहिँ हामी भ¥याङ्बाट माथितिर दगुर्छौं बाँदरको जस्तो र ठोक्किन्छौँ, जताततै । गुरुहरू आएर हामीलाई गाली गर्नुहुन्छ । जब हामी रुन्छौं, हाम्रा हात समाउनुहुन्छ, र मायाले आँसु पुछिदिनुहुन्छ । तर ती हात तपाईकाजस्ता छैनन् । आमा, तपाई यहाँ हुनुहुन्न
। म सुध्रिएको छु नि । म अंग्रेजी र नेपाली दुवैलाई फरर पढ्न सक्छु, लेख्न पनि जान्दछु । म निकै राम्रा चित्र पनि बनाउँछु । म तपाईको चित्र पनि बनाउन सक्छु । तर त्यो चित्र ठ्याक्कै तपाईजस्तो चाहिँ हुँदैन ।
आमा, यो होस्टलमा सबैखाल्का खुसीहरू छन् । यो साह्रै राम्रो ठाउँ छ । तपाईलाई मन पर्नेछ । तपाई यहीं, मसँगै बस्न आउनुहोस् न आमा, हाम्रै होस्टलमा । कि बरु, म पनि घरै आउने नि ! मैले बिस्वास लिएको छु, तपाईले मेरो चिठीको जवाफ छिट्टै लेख्नुहुनेछ । अनि आशा छ, तपाई मसँग यहीँ बस्नेगरी आउनुहुनेछ । आमा, तपाई नभएको ठाउँमा मलाई पटक्कै बस्न मन छैन आमा ।
तपाईको प्यारो छोरो
अरुण
By Mahesh Paudyal Prarambha

साहित्यको मज्जामा बाँच्न पाएकोमा दङ्ग छु

रामकाजी कोने राम्रा मुक्तकहरु लेख्छन् । यिनको मुक्तकमेला नामको मुक्तकसङ्ग्रह भर्खरै प्रकाशित भएको छ । यिनी पेशाले वरिष्ठ पर्यटन व्यवसायी हुन् । समाजसेवाको क्षेत्रमा पनि यिनले विशेष योगदान पु¥याइरहेका छन् । यिनै वरिष्ठ साहित्यकार कोनेसँग यस अंकमा हामीले उनको बाल्यकालवारे कुराकानी गरेका छौं । उनी बाल्यकालको अनुभव सुनाउँदै भन्छन्ः
         म वि.सं.२०११ साल वैशाख पूर्णिमा बुद्घजयन्तीका दिन कास्की जिल्लाको दाङ्सीं मोहारिया गाउँमा जन्मेको हुँ । मेरो पहिलो विद्यालय भैरहवाको भैरहवा हाइस्कुल हो । मैले रुपन्देही मनिग्रामको शान्ति विद्यालयबाट एसएलसी उत्तीर्ण गरेको हुँ । भैरहवा क्याम्पसमा मैले प्रविणता प्रमाण पत्र तह पढें । म कोने गुरुङ्को छोरोले त्यहीबाट भाषासाहित्य पढ्न शुरु गरेको हुँ । जुन एउटा रमाइलो क्षण थियो । यो बेला म गुरु टंक न्यौपानेलाई विशेष सम्झिरहेको छु । उहाँले पढाउँनुभएको साहित्य लेखनको प्रेरणाले नै म साहित्यकार बन्न पुगें । त्यो बेला बालकृष्ण भट्टराई गुरु र क्याम्पसका साथीहरुले मलाइ ठूलो गुन लगाएका थिए ।
   वि.सं.२०३२ सालको कुरा हो । त्यो बेला भैरहवामा स्नात्तकको पढाइ हुन्थेन । त्यसैले अध्ययनको लागि म काठमाडौं आएँ । मैले त्रिचन्द्र क्याम्पसमा स्नात्तक पढ्न शुरु गरें । त्यहाँ मैले गुरु कृष्ण गौतमबाट साहित्य लेख्नुपर्छ भन्ने अझ बढी प्रेरणा पाएँ ।
  जीवन सोचे जस्तो हुँदैन, देखे जस्तो हुँदैन मात्र भोगे जस्तो हुन्छ भनेझैं मेरो जीवनमा पनि त्यस्तै भयो । साहित्यलाई मनमै लुकाएर राख्नुप¥यो । म घरको जेठो छोरो । आमाको आज्ञा अनुसार अघि बढ्न थालें । त्यसैले मैले परिवारलाई भौतिक सुख दिन अक्षरको खेती गर्ने लेख्ने काम छोडेर अंकको खेती गर्ने व्यापारको काम रोज्नु प¥यो । यसरी धेरै अघिदेखि लेख्न थालेपनि बीचमा धेरै वर्ष म व्यापारमै ब्यस्त भएँ । त्यसैले धेरै ढिलो भर्खरै वि.सं. २०६६ मा मेरो पहिलो मुक्तक सङ्ग्रह प्रकाशित हुन पुग्यो । केही साथीहरुले किताब ढिला निकाल्यौ भने । धेरै साथीहरुले तिमी सौखीन लेखकमात्र हौ भनेको त राम्रो लेख्दारहेछौ भनेर हौसला पनि दिएका छन् । यतिबेला मलाई मेरा साहित्यिक मित्रहरु र सहयोगी साहित्यिक पत्रिकाहरुको गुन सम्झन मन लागेको छ । युवराज नयाँघरे, विजय वजिमय, वियागी बूढाथोकी, डा.हरि शर्मा, युवराज गौतम, मधुपर्क, गरिमा, मिर्मिरेलगायत सबै शुभचिन्तकप्रति म कृतज्ञ रहेको छु ।
    वास्तवमा म पहाडमा जन्मे पनि मैले धेरै समय तराईमा बिताएँ । भैरहवामा हाम्रो जग्गा जमीन थियो । त्यो बेला हाम्रो छिमेकी गाउँमा डाका आएर लुटेको सम्झँदा अहिले पनि मलाई नमज्जा लाग्छ । गोरुले तान्ने गाडा नै लिएर एक हुल डाकाहरु आएका थिए । उनीहरुले पूरै गाउँका घरबाट सामानहरु लुटेर लगेका थिए । तराईमा बस्नेहरुको यो दुःख सम्झँदा मेरो मन कटक्क खान्छ । त्यस्तै चैत महिनाको हावाहुरीमा कच्ची खरले छायका घरहरुमा आगो लागेर दुःख पाएका त्यतिबेलाका मानिसहरु सम्झँदा म अहिले पनि भावुक हुन्छु । साँच्चै नै तराईको जीवन निकै कष्टपूर्ण हुन्छ ।
       मेरो जीवनमा म मेरा दुईजना हजूरबुवाहरुबाट निकै प्रभावित भएको छु । मेरो मामा घरको हजूरबुवाको नाम नरबहादुर हो । उहाँ एकदमै धार्मिक हुनुहुन्थ्यो । सँधै विहान कार्यालयमा काम गर्न जाँदा बाटोमा पर्ने सबै कमिलाका गोलाहरुमा एकएक मुठ्ठी चिनी हालिदिएर जानुहुन्थ्यो । बाटोमा हिड्दै जाँदा खुला चौर र खेतका गराहरुमा पिसाब फेर्दा पनि धर्ती आमालाई दुख्छ भनेर पात राखी पातमाथि पिसाब फेर्ने गर्नुहुन्थ्यो । उहाँ प्राणीहरुलाई एकदमै माया गर्नुहुन्थ्यो । आफ्नो पैतालाले कमिला पनि कुल्चिएर नमरोस् भनी विचार पु¥याएर हिड्नुहुन्थ्यो । त्यस्तै म पाँच वर्षको छँदा बित्नुभएका मेरो बुवाघरका हजूरबुवाको वारेमा आमाले मसँग धेरै कुरा गर्नु् भएको छ । उहाँ बित्नुभएको दिन उहाँलाई सैनिक पोशाक लगाइदिएर पाल्कीमा हालेर लगेको अहिले पनि म झलझली सम्झन्छु । त्यो सानो बेला अरुले सोध्दा मैले हजूरबुवा बजार जानुभएको हो भनेर मैले जवाफ दिएको थिएँ । त्यो बेलासम्म मलाई मान्छेहरु मर्छन् भन्ने कुरा नै थाहा थिएन ।
   मेरा बुवाघरका हजूरबुवा क्याप्टेन खड्ग सिंह समाजसेवी हुनुहुन्थ्यो । उहाँले त्यो बेला गाँउमा स्वास्थ्य चौकी र पुस्तकालयहरु स्थापना गर्ने काम गर्नुभयो । उहाँ गाउँलेहरुको नेता पनि हुनुहुन्थ्यो । सिपाहीको जागिर पछि उहाँले धेरै समय राजनीति पनि गर्नुभयो । उहाँ गाउँ आउँदा गाउँलेहरु खुसीले रमाएर नाच्दथे ।
  मेरा दुबै हजूरबुवाहरु मेरो जीवनका आदर्श नायकहरु हुनुहुन्छ । मैले मेरी आमा सकलादेवीलाई भाविको रुपमा पाएँ । आमाको प्रेरणा र सही मार्गदर्शनले नै आज म सफल मान्छे बन्न सकेको हुँ । आमालाई आदर र स्नेह गर्ने छोराछोरी नै खुसी रहन सक्छन् जस्तो मलाई लाग्छ । आमाको न्यानो मया र प्रेरणा अनि हजूरबुवाहरुको सम्झनाले गर्दा अहिले म उहाँहरुलाई नै आदर्श बनाएर व्यापारको घोडामा बसेर साहित्यको लगाम समातेर अघि बढिरहेको छु । जसले गर्दा मेरो व्यापार इमान्दारितामा टिकेको छ । अनि साहित्यको रसमा पौडदै, लेख्दै र पढ्दै जीवन बाँच्न पाएकोमा म दङ्ग छु, फुरुङ्ग छु र आफूलाई निकै भाग्मानी पनि ठान्दछु ।

स्कुल बसमा किन कोचिन्छन् विद्यार्थी ?

ऐ चावेल ! चावेल !! चावेल !!!
यो काठमाडौको र्सार्वजनिक यातायातको साधनको खलासीको आवाज हो । उसले ठाउँ कुठाउँमा एउटा यात्र देख्यो भने पनि जाने हो भन्दै ढङ्ग ठटाएर गाडी रोक्छ र त्यो यात्रुलाई चढाएर हिड्छ ।
उसले यसो किन गर्यो होला त ?
यसको उत्तर पनि सहज नै छ । किनकि यही नै उसको व्यापार हो । एउटा यात्रु बराबर थोरैमा पनि उसको बाह्र रुपियाँको व्यापार हुन्छ । त्यसरी नै उसले यात्रु कोचाकोच हालेर पैसा कमाइरहेको छ ।
ठीक यसरी नै निजी विद्यालयहरूले पनि एउटा विद्यार्थी वरावर न्यूनतम् तीनसय रुपियाँ देख्छन् र टेम्पोवालाले कोचेझै विद्यार्थी बसमा कोच्ने गर्छन् । उपत्यकाका यी विद्यालयमा एउटा विद्यार्थीले बस सुविधा लिएवापत न्यूनतम् तीनसयदेखि एक हजारसम्म शुल्क विद्यालयलाई बुझाउँने गरेका छन् । काठमाडौंका नाम चलेका ठूला विद्यालयले स्कुल बस चढेवापत विद्यार्थीले दिने शुल्कको व्यापार नै मासिक चालिस लाखसम्म हुने कुरा अध्ययनले देखाएको छ ।
यस्तो अवस्थामा एउटै क्षेत्रमा विद्यार्थी बढे पनि एउटै बसले काम चलाउँने प्रवृति पैसा जोगाउँने मनसायले अहिले स्कुल बसले विद्यार्थी कोचिरहेका छन् ।
वास्तवमा र्सार्वजनिक सवारीमा जस्तो स्कुल बसमा यात्रु अनिश्चित हुने भएर यस्तो भएको भने होइन । विद्यालय भर्ना हुँदै हरेक फरक क्षेत्रबाट आउँने बच्चा निश्चित हुन्छन् । उनीहरूले वाषिर्क रुपमा बुझाउँने शुल्क पनि निश्चित हुन्छ तर यस्तो अवस्थामा पनि विद्यार्थी उभ्यायर र कोचेर यात्रा गराउँनु भनेको फितलो ट्राफिक कानुन नियमको फाइदा उठाएको हो र अभिभावकको सहनशील स्वभावको पनि दुरुपयोग गरिएको हो । त्यसैले आजैबाट हरेक विद्यार्थी र अभिभावकले यस विषयमा बोल्न सुरु गरौं । स्कुल बसमा उभिएर यात्रा गर्नुपर्ने दिनको अन्त्य गर्न कम्मर कसेर लागौं ।

स्कुल बसमा कोचिने विद्यार्थीहरू के भन्छन् ?
न्ारायणहिटी सङ्ग्राहालय अवलोकन गरी र्फकनेक्रममा एउटै बसमा क्षमताभन्दा दोब्बर विद्यार्थी कोचेर लैजाँदै गरेको स्कुल बसलाई ट्राफिकले समातेर कार्वाही गरेपछि बल्ल यो कुरा राष्ट्रिय चासोको विषय बन्यो । त्यसपछि ट्राफिक प्रहरीले स्कुल बसमाथि कडा निगरानी गरी काठमाडौंका नाम चलेका केही निजी विद्यालयहरूलाई कार्वाही पनि गर्यो । देशको बुटवललगायतका क्षेत्रमा त अभिभावकहरू आफै समूह बनाएर छड्के गर्दै सडकमा पनि निस्किए ।
व्ाास्तवमा यी सबै कुराले सकारात्मक परिवर्तनका लागि दवाव त सिर्जना गरेको छ ।
यहीं समस्याको भुक्तभोगी भएका स्कुल बस प्रयोग गर्ने विद्यार्थी माझमा पुगेर हामीले यस विषयमा व्यक्तिगत धारणा बुझ्ने प्रयत्न गरेका छौं ।
यसक्रममा हामीले काठमाडौंका ब्यस्त चोकहरूमा पुगी विद्यालय जाने र र्फकने समयमा विद्याथीहरूलाई भेटी कुराकानी गरेका थियौं । व्यक्तिगत धारणा लिनेक्रममा आएका केही तीता र केही रमाइला धारणारू पनि आएका छन् । त्यसलाई यो अंकमा प्रस्तुत गरेका छौं ।
स्कुल जानै दिक्क लाग्छ
मेरो नाम निस्था महर्जन -परिवर्तित नाम) हो । म अहिले कक्षा ८ मा पढ्छु । म मेरो स्कुल बसको यात्राबाट दुःखी छु । म स्कुल बस चढ्दा सँधै दिक्क मान्ने गर्छर्ुु कहिलेकाही स्कुल जानु नै नपरोस् जस्तो पनि लाग्छ । तर स्कुल पुगेपछि म साथीहरूसँग रमाउँछु र फ्रेस हुन्छु ।
म सँधै गौशालाबाट स्कुल बस चढ्ने गर्छर्ुु मेरै स्कुलमा क्यान्टिनमा काम गर्ने एक जना दाइ छन् । उनी पनि मित्रपार्कबाट बस चढ्ने गर्छन् । बसमा हामी सँधै थुप्रै साथीले उभिनु पर्छ । ती दाइ ङच्िच दाँत देखाउँदै सँधै मेरै छेउमा आएर उभिने गर्छन् । उनी घरीघरी बस हल्लेको बहानामा मेरो जिउमा छुने गर्छन् । कहिलेकाही मलाई नमज्जा लाग्ने गरी ढाडमा हात राखेर मालिस गर्दिनु पर्यो भन्दै उभिन्छन् । मलाई उनको यो बानी देखी दिक्क लाग्छ ।
साह्रै वाक्क भएर म कहिलेकाही उसले नदेखोस् भनेर लास्ट सिटतिर गएर उभिने गर्छर्ुु त्यहाँ पनि ऊ ङच्िच दाँत देखाउँदै आइपुग्छ । यो समस्याले गर्दा म दुःखी छु । मेरो बसमा बस्ने सिट पाउने भए यस्तो हुँदैन थियो होला जस्तो मलाई लाग्छ । त्यसैले यो कुरा कसलाई भन्नु पर्ने हो मलाई थाहा छैन तर यही पत्रिकाबाट भन्छु - स्कुल बसमा हिड्ने सर मिसले आफ्ना बच्चाको अवस्थाको पनि ख्याल गरिदिनु पर्छ । यो भए मजस्ता थुप्रै साथी खुसी हुने थियौं । यस्तो समस्या मेरा केटी साथीहरू धेरैको छ भन्न नसकेका मात्र हुन् ।

सिट पाउन दर्ुइ स्टेशन पछाडिसम्म हिँडेर गई चढ्थेँ
म राधा पुडासैनी -परिवर्तित नाम) हुँ । म काठमाडौंको नाम चलेको स्कुलमा पढ्छु । तर म सँधै स्कुल बस आउने समय भन्दा एक घन्टा पहिले घरबाट हिंडेको विषयमा ममी र मेरो दर्ुइ वर्षम्म धेरै डिस्कस भयो । मैले कक्षा ७ देखिको डिस्कसको समाधान एक वर्षछि आएर गरें ।
हो, त्यो बेला म कक्षा सातमा पढ्थें । स्कुल टाढा थियो । सँधै बसमा सिट नपाउने । कहिले जाम, कहिले टायर बलेको बाटो परेर बस घुमाएर लानु पर्ने । म सँधै पौने घन्टादेखि डेढ घन्टासम्म बसमा उभिनमा पर्थें ।
यस्तै दुःख पाउँदा पाउँदै एकदिन मेरी साथीले मलाई हेर, मेरो घरको स्टेशनबाट चढ्ने गर त्यहाँ बसमा आठ दशवटा सिट खाली हुन्छ भनेर सुझाव दिई । उसको कुरा सुनेपछि मैले बेलुका घर गएर धेरै सोचें । त्यसपछि भोलिपल्टदेखि म घरबाट एकघन्टा चाँडो हिड्न थालें । अनि म दर्ुइ स्टेशन पछाडि आधा घन्टा हिडेर गई बस चढ्न थालें । यो कुरा मामुलाई नभन्दा सँधै यति चाँडो कहाँ जान्छेस् भनेर डिस्कस् पर्ने गर्दथ्यो । भनौं त मामु खरो स्वभावको हुनुहुन्थ्यो । मलाई धेरै माया पनि गर्नु हुन्थ्यो । उहाँले स्कुल नै चेन्ज गरिदिनु भएर साथीहरूसँग छुट्टनिु पर्ला भन्ने मलाई ठूलो पिर थियो ।
तर जब मैले यो कुरा मामुलाई भनें । उहाँले रुँदै मलाई अँगालो हाल्नु भयो र गालामा म्वाइ खानु भयो । केही भन्नु भएन ।
खैर जेहोस्, म अहिले एसएलसी दिने तयारीमा जुटेकी छु । होस्टेलमै बस्छु । तर मलाई के लाग्छ भने हरेक स्कुल बसमा सिटभन्दा एउटा पनि बढी विद्यार्थी हाल्यो कि कार्वाही गर्ने नियम बनाउँनु पर्छ । अनि मात्र मजस्ता विद्यार्थीहरू खुसी हुने थियौं ।
Source: year 7, issue 2, 2068.
                        Presented by: Kartikeya Ghimire

होस्टेल बस्न मनपर्छ कि पर्दैन ?

होस्टेल अङ्ग्रेजी शब्द हो । यसको नेपाली अर्थ छात्रावास, विद्यार्थी गृह वा विद्यार्थी निवास भन्ने हुन्छ । यो शब्दले अहिले नेपाली शब्द छात्रावासलाई छोपेको छ ।
गुरुकुल शिक्षाको समयमा विद्यार्थीले घर बसेर पढ्दैन । पढ्न घरबाट टाढा नै जानुपर्छ अर्थात् गुरुको शरणमै जानुपर्छ भन्ने चलन थियो । वर्तमान आधुनिक शिक्षामा त्यो मान्यता त छैन तर दिनप्रतिदिन होस्टेलमा बस्ने बालबालिकाको संख्या भने बढ्दै गएको देखिन्छ ।
यसरी होस्टेलको बढ्दै गएको मागलाई मध्यनजर गरी यस पटक हामीले होस्टेलमा बस्दै आएका पचास जना बालबालिका र विद्यालय जान बस चढ्न प्रतिक्षालयमा कुरिरहेका  पचास जना गरी जम्मा सयजना विद्यार्थीसँग होस्टेल बस्न मनपर्छ कि पर्दैन भन्ने विषयमा छलफल गरेका थियौं ।
छलफलका क्रममा घरबाटै विद्यालय गइरहेका पचासमध्ये चालिसजना होस्टेल बस्न मनपर्दैन भन्ने पक्षमा देखिए भने बाँकी दशजनाले कतिपय अवस्थामा बाध्यताले पनि बस्नुपर्छ भन्ने विचार व्यक्त गरे । त्यस्तै होस्टेलमा बसिरहेका पचासजनामध्ये तीसजनाले होस्टेलमा बस्न मनपर्छ ठीकै हो भन्ने बताए भने बाँकी बीसजनाले मनपर्दैन भने । यीमध्ये होस्टेलको बसाइ मनपर्दैन भन्ने बीस जनामा हामीले दश वर्षभन्दामुनिका बालबालिकाहरू बढी पायौं । यसबाट हामीले एउटा विचार के बनाउँन सक्यौं भने सकभर होस्टेल राख्दा साना बालबालिकालाई राख्नुपर्दा सोच्नुपर्ने हो कि ! तर यसमा पनि फरक विचार र बहस हुन सक्छन् । त्यस्तै होस्टेल बस्न मनपर्छ भन्नेमा हामीले धेरैजसो महत्वाकांक्षी विद्यार्थीहरू पायौं । पढाइमा टप हुन, राम्रो पढेर सबैको वाहवाही पाउँन होस्टेल बस्नुपर्छ भन्ने उनीहरूको तर्क थियो । तीमध्ये केही विद्यार्थी घरमा आमाबुवाले कम पढ्नुभएकोले राम्रो सहयोग पाउँन होस्टेलको बसाइ सही हो भन्ने पक्षमा पनि देखिए । यस्तो संख्या भने काठमाडौं बाहिरबाट आई होस्टेल बस्नेमा बढी देखियो ।
वास्तवमा होस्टेलको बसाइ एउटा बच्चाको समग्र व्यक्तित्व विकासका लागि कति हदसम्म ठीक वा बेठीक हुन्छ भन्ने कुरामा अरु धेरै कुराहरूले पनि महत्व राख्छन् । ती विषयमा पनि हामीले विचार गर्नु जरुरी देखिन्छ ।
होस्टेल अर्थात् छात्रावास । छात्रावास शब्दको अर्थ प्रयोगात्मक नेपाली शब्दकोशमा प्रा. डा. हेमाङ्ग राज अधिकारी यसरी लेख्छन्अध्ययनका क्रममा सम्बन्धित शिक्षण संस्थाले व्यवस्था गरेको भवन ।
सोही अर्थमा हेर्दा एउटा घर जहाँ विद्यार्थी पढ्ने उद्देश्यका लागि बस्छन् भन्ने देखिन्छ । तर घर भन्नासाथ हामीले त्यो कत्तिको विद्यार्थी मैत्री छ कि छैन भनेर हेर्नुपर्ने हुन्छ । जसमा उनीहरूका लागि खाने सुत्ने व्यवस्था, खेल्ने चौर र मनोरञ्जन र सूचना प्राप्त गर्ने साधनको प्रयोगलगायत सम्पूर्ण कुराहरू पर्दछन् ।
हामीले यस आलेख तयार पार्नेक्रममा पुगेका अधिकांश होस्टेलहरू ठूला घरमा थिए । कुनै त भब्य महलमा नै थिए । तर बालमैत्रीका हिसावले हेर्ने हो भने दशमध्ये दुई होस्टेलवाहेक आठवटामा त सानो आँगन पनि थिएनन् । तीनवटामा त बच्चाले छतमै बोर्ड राखेर टिटि खेलेको पनि देखियो । दशमध्ये दशमै वाथरुम र ट्वाइलेटको अवस्था दयनीय थियो । भान्सा घरको हालत पनि गजबको थियो । ठूलो जुठो भाडाको थुप्रो थुप्रिएको ठाउँ र बच्चाहरूले हात धुने ठाउँ एउटै थियो ।
यही क्रममा हाम्रो मनमा अर्को जिज्ञासा पनि उठ्यो । काठमाडौंमा सञ्चालित अनाथ आश्रम बालगृहहरूमा त केन्द्रीय बालकल्याण समितिले त्यहाँ आश्रित बालबालिकालाई कस्तो सुविधा दिइएको छ, सन्तुलित भोजन दिइएको छ कि छैन र बसाइ बालमैत्री छ कि छैन भन्नेजस्ता कुराहरू अनुगमन गर्ने गर्दछ । तर यी निजी विद्यालयले सञ्चालन गरेको होस्टेल अनुगमन गर्ने निकाय छ कि छैन होला ? त्यहाँ रहेका बच्चाले खाने खनाको गुणस्तर, उनीहरूका लागि बनाइएको खानेकुराको मेनु र त्यहाँको रहनसहन एवं वातावरणवारे नियमित अनुगमन गर्ने दायित्व कसको हो ? के यो दायित्व एउटा अभिभावकको मात्र हो कि ? अभिभावक संघको हो कि ? वा शिक्षण संस्था सञ्चालनमा स्वीकृति दिने निकायको हो ?
हालसम्म यसको लागि कुनै व्यवस्था भएको हाम्रो जानकारीमा आउन सकेन । यस विषयमा सोच्नुपर्ने देखिएको छ । किनकि स्वास्थ्यको संवेदनशील पक्षबाट हेर्दा वरिष्ठ बालरोग विशेषज्ञ डा. अच्युतमणि आचार्यकै शब्दमा भन्ने हो भने खाने कुराको एउटै खालको सूचीले गर्दा बच्चाले वाक्क भई नखाइदिने अवस्थाले गर्दा भोलिको दिनमा हजारौं ग्यास्टिकका रोगी उत्पादन केन्द्र होस्टेलहरू बन्दैछन् । त्यसैले खाजा वा खानाको मेनुमा हरेक दिन परिवर्तनको महसुस भई बच्चाले खान प्रेरित हुने उपाय अपनाउँन तर्फ होस्टेल सञ्चालहरू सचेत हुनुपर्ने देखिन्छ । यगकत लागि नाम मात्रका अभिभावक संघहरूले पनि सोच्नु जरुरी देखिन्छ ।
वास्तवमा हाम्रो सानो अध्ययनमा हामीले के पायौं भने अहिले काठमाडौंका निजी विद्यालयलाई न्यूनतम् पाँच हजारदेखि पच्चीस हजारसम्म मासिक शुल्क तिरी विद्यार्थीहरू बसिरहेका छन् । अधिकांश विद्यार्थीहरू खानेकुराको मेनुप्रति असन्तुष्ट छन् । सँधै आलु, चना र अण्डा सँधै त्यही भनी वाक्क दिक्क भएर रोगी भएका बच्चाहरूलाई पनि हामीले भेट्यौं । अर्कोतर्फ खाए खा नखाए घिच् भनेझै हाम्रो होस्टेलको नियम यही हो भन्नेखालको हिटलरी प्रवृतिबाट पनि बालबालिका पीडित भइरहेका छन् । यसै क्रममा हामीले एउटी नौ वर्षकी बालिकालाई भेटायौं । ती बालिकाको रुचि भनौं वा शरीरको आवश्यकता नै यस्तो थियो कि उनलाई अण्डा खानासाथ बान्ता आउँथ्यो । अण्डा नखाऊँ, खानाको रुटिनमा त्यही पाक्ने, कसले अण्डा खाएन भनेर सोधपुछ पनि हुने । खाऊँ सँधै बान्ता आउँने । बल्लतल्ल उनले यो समस्या भान्साको दिदीलाई त भनिन् तर विचरी ती दिदीकोे पनि  के तागत शाकाहारी खाना खान चाहने बच्चालाई फलफूल दिऊँ भन्ने कुरा कार्यान्वयन हुन नसकेपछि ती बालिका पढाइको लोभमा गएकी त्यो राम्रो विद्यालय छोड्न नै बाध्य भइन् । त्यस्तै यस्ता संवेदनशील कुरामा बलमैत्री व्यवहार गरी होस्टेलमा सुधार गरिनु आवश्यक छ । हरेक होस्टेलमा बच्चाले आफ्नो कुरा निर्धक्क राख्न सक्ने, बच्चाको कुरा सुन्ने डेस्कको स्थापना गरिनु पर्दछ । त्यो डेस्कले तुरुन्तै प्रशासनमा तुरुन्तै कुरा पु¥याउँने र त्यसलाई तत्काल कार्यान्वयन गर्ने परिपाटी बसाइनु पर्ने देखिन्छ ।
निचोडमा के भन्न सकिन्छ भने सबै दृष्टिकोणबाट होस्टेल बसाइ नराम्रो भने होइन । होस्टेर राम्रो र नराम्रो हुने भन्ने कुरा विद्यालयको व्वस्थापनमा भरपर्छ ।
होस्टेल राम्रो हुन त्यहाँ भित्र सहकार्यको भावना हुनुपर्छ । विद्यार्थीले निर्धक्क आफ्ना कुरा राख्न सक्ने वातावरण हुनुपर्छ । जसरी माटोमा बीउ रोपेपछि त्यसलाई उम्रिन सही तापक्रम र वातावरणको आवश्यकता पर्दछ । त्यसरी नै सही शिक्षादीक्षा दिन होस्टेलको वातावरण कस्तो हुनुपर्छ भनी मनोविद, पोषणविद, शिक्षाविद र स्वास्थ्य विशेषज्ञको सल्लाहमा व्यवस्थापन चल्नुपर्ने देखिन्छ । बालमनोविज्ञान बुझेको र सोही विषयमा कम्तीमा स्नातक गरेको व्यक्तिको संलग्नता होस्टेलमा हुनु अनिवार्य देखिन्छ ।

डा. सुमनराज ताम्राकार
धुलिखेल अस्पताल, काभ्रे

मेरो दुईजना छोराहरू छन् । तिनलाई कहिले पनि होस्टेल राख्दिन भन्ने मैले प्रतिज्ञा गरेको छु । म आफैले पनि होस्टेल बसाइको अनुभव गरेको छु । घरमा मिठो नमिठो जे पाके पनि घरमै आनन्द हुन्छ । होस्टेलमा त बढी सुविधा हुन्छ तर घरमा चाहि आनन्द बढी हुन्छ ।
होस्टेलमा दबाबले, थर्काइले बच्चाको पढाइ राम्रो जस्तो देखिन्छ तर त्यसमा दिगोपन हुँदैन । हामीले आफ्नो बच्चा फस्ट हुने हिसावले होइव राम्रो व्यक्तित्व भएको हुने हिसावले सोच्नु पर्छ । घरमा आमाले खानासँगै माया पनि मिसाएर दिन्छिन् । घरमै पनि बच्चालाई राम्रो पढ्ने बनाउँन सकिन्छ । तर त्यसका लागि अभिभावकले उत्प्रेरित गर्ने समय दिन सक्नुपर्छ ।
स्वास्थ्यको हिसावले हेर्दा अरुले बनाएको खानेकुराको मेनुमा चल्नु पर्ने र मन नलागी नलागी खानुपर्ने बाध्यताले रोग बढाइरहेको छ । त्यस्तै सुत्ने कुरा पनि बालबालिकालाई चाहिने अनुकुलका छैनन् । सजिलो र सस्तोका लागि होस्टेलमा सामान जोडिएका हुन्छन् ।
मैले बच्चा दाँजेर हेर्दा के पाएको छु भने होस्टेल बस्ने बच्चा सामाजिक जीवनबाट पनि टाढा हुन्छन् । एकान्तमा बस्ने र चाँडपर्व मननपराउँने हुन जान्छन् । तर्क गर्ने, सामाजिक र घरायसी दायित्व बुझ्ने एउटा सवल मान्छे हुन सक्दैनन् । बच्चालाई काम सिकाउँदै जाने र उसलाई स्वावलम्बी बनाउँने लक्ष्य लिनुपर्छ । त्यो लक्ष्य घरमा मात्र पूरा हुनसक्छ ।
अर्को महत्वपूर्ण स्वास्थ्यका हिसावले सरुवा रोगहरू बढी सर्ने सम्भावना होस्टेलमा बढी हुन्छ । घरमा थोरै संख्यामा भइने हुँदा हेरचाह राम्रो हुन्छ । साथै दीर्घकालिन रोगहरू पनि समयमै पत्ता नलाग्नाले हानी हुनसक्छ । 
मोहन कार्की
संस्थापक, ब्राइट फ्युचर हाइस्कुल, नैकाप, काठमाडौं ।
यो एकदमै सोचविचार गरी गर्नुपर्ने संवेदनशील कुरा हो । कुनै पनि अभिभावकले बच्चालाई होस्टेल राख्नु अघि सम्बन्धित विद्यालयको वातावरण राम्ररी बुझ्नुपर्दछ । हतारमा होस्टेल राख्नु हुँदैन । सकभर कुनै पनि आफूले चिनेका विद्यार्थी अगाडि देखि बसेर पढिरहेको होस्टेलमा छोराछोरी राख्नु राम्रो हो । यसो गर्दा त्यहाँ बसाइको अवस्था वारे सुरुमै छलफल गर्न सकिन्छ ।
बालबालिका कलिला कोपिला हुन् । उनीहरूलाई सङ्गतले ठूलो असर गर्दछ । त्यसैले होस्टेलमा आफ्नो छोराछोरीले राम्रो असल साथीको सङ्गत पाउँन सकेको छ कि छैन भन्ने कुरामा अभिभावकले विशेष चासो लिनुपर्छ । विद्याथी पनि यो कुरामा सचेत हुनुपर्छ ।
नेत्र बहादुर लिम्बू
प्रिन्सिपल, जिलेट आवासिय उच्च मावि, कालिमाटी, काठमाडौं ।
वर्तमान समयमा आफ्नो ब्यस्त जीवनको बाध्यताले गर्दा बालबालिकालाई होस्टेल राख्नु अभिभावकको बाध्यता बन्दै गएको छ । तर होस्टेल बसाइ नराम्रो भन्ने हुँदैन । त्यसलाई व्यवस्थित रुपमा व्यवस्थापन गर्ने कुरा महत्वपूर्ण कुरा हो ।
होस्टेलमा बसेर पढेका विद्याथीहरूले नै अहिले पढाइमा टप गरिरहेको अवस्था पनि छ । तर यसको मतलब होस्टेल राखी बुवाआमा बच्चाको सम्पर्कबाटै पूरै टाढा हुने कुरा चाहि हुनुहुँदैन । समय समयमा घुलमिल भई दुःखसुख साटासाट गरी मायालु वातावरण दिएर अघि बढ्दा होस्टेलको वातावरण सहज हुने देखिन्छ ।
रीत्त लेन भोउतिलाइनेन्, फिनल्याण्ड
मेरो देशमा बच्चालाई विद्यालय स्तरको दश कक्षासम्म पढुन्जेल बोर्डस् गर्न अथवा आवासीय विद्यालयमा राख्न पाइदैन । उनीहरूले आफ्नै आमाबुवासँग घरमै बसेर पढ्नुपर्छ । तर नेपालका शहरी क्षेत्रमा थुप्रै बालबालिकाहरू आमाबुवाबाट टाढा आवासीय विद्यालयमा पढिरहेका छन् । यसरी विद्यालयमा पढ्ने उमेरमा बच्चालाई आमाबुवाको मायाबाट अलग गर्नु उनीहरूको विकासमा बाधा पु¥याउनु हो भन्ने मलाई लाग्छ । अर्को कुरा यहाँका अभिभावक र शिक्षकहरु बच्चाले सानो हुँदै विद्यालय गएर क ख लेखोस् ए बी सि डी भन्न थालोस् भन्ने सोचाइ राख्छन् । यो कुरा पनि ठीक होइन । किनकि एउटा बच्चाले राम्ररी कलम समात्न र अक्षरहरु लेख्न सिक्नुभन्दा पहिला उसले खेलमा रमाउँदै रंगहरु लतपत गरेर दल्न र संगीतमा रमाउँदैदौडदै विद्यालयको वातावरणमा घुलमिल हुनु जरुरी छ । अनि मात्र उसले लेख्न र पढ्न राम्ररी सक्दछ ।
प्रा. डा. अच्युतमणि आचार्य
वरिष्ठ बालरोग विशेषज्ञ, समाजसेवी
यो संवेदनशील विषय हो । राख्नु हुँदैन भन्दा समय मिलाउँन नसक्ने अभिभावकले के गर्ने त भन्ने प्रश्न उठ्छ । राख्नुहुन्छ भन्दा पनि बच्चाको स्वाभाविक विकासको प्रक्रिया र स्वतस्फूर्त व्यक्तित्व निर्माणको प्रक्रिया भत्किन्छ बिग्रिन्छ ।
बच्चा चिचिढे स्वभावको घुलमिल हुन रुचि नराख्ने बन्दछ । परिवार र समाजसँग पनि राम्ररी घुलमिल हुन नसक्ने बन्न पनि सक्छन् । जसले उनीहरूलाई कुलतमा लैजान पनि सक्दछ ।
जहाँसम्म घरमै राखेर आफै पढाउँन सकिन्न, जानिदैन भन्ने अभिभावकलाई म के भन्न चाहन्छु भने राम्रो निर्देशन र प्रेरणा दिनुस् । साथै घरमै शिक्षक बोलाई गाह्रो लागेका विषय पढ्ने वातावरण पनि बनाइ दिनुपर्छ । साथै विद्यार्थीले पनि सँधै आफूभन्दा जान्ने साथीको संगत गरी सकभर स्वाध्ययनबाट नै राम्रो गर्ने गरी पढ्नु राम्रो हुन्छ ।
आवरण, Source: Ketaketi News, Year 7, Issue 1