Thursday, March 29, 2012

‘जून पोखिएको आँगन’ कविता संग्रहको विमोचन सम्पन्न


बालप्रतिभाको प्रवर्धनका लागि विगत १५ वर्षदेखि काम गरिरहेको केटाकेटी मिडियाबाट प्रकाशित प्रतिभाशाली बालिका रविना घिमिरेको जून पोखिएको आँगनकविता संग्रहको विमोचन सम्पन्न भयो । वरिष्ठ साहित्यकार डा. मोदनाथ प्रश्रित, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेती र उद्योगपति डा. ताराप्रसाद पोखरेलले संयुक्त रुपमा लेखिका घिमिरेको कृति विमोचन गर्नुभएको थियो । विलक्षण प्रतिभावान् बालिका घिमिरेले कक्षा ४ पढ्दादेखि कक्षा १० सम्म अध्ययनरत रहँदा रचना गरिएका ३२ कविताहरू यस संग्रहमा रहेका छन् । यो केटाकेटी मिडियाको दशौं प्रकाशन शृंखला अन्तर्गत् प्रकाशित भएको हो ।
केटाकेटी मिडियाका अध्यक्ष लेखक कार्तिकेयको सभापतित्वमा भएको यस समारोहमा कृतिका वारेमा विश्वविद्यालयका अंग्रेजी विषय शिक्षक महेश पौड्यालले प्रकाश पारेका थिए । साथै प्राज्ञ बुँद राना, सह प्राध्यापक रञ्जुश्री पराजुली, रमा अधिकारी, गोपाल पराजुली, प्राज्ञ विष्णु प्रभात, बालप्रतिभा सुशान्तमान सिंह मास्के, भागवत आचार्य, सुब सेन, रामबहादुर पहाडी, राजेन्द्र घिमिरेलगायत लेखकहरूले रचना सुनाउँनुका साथै कृतिको वारेमा विचार व्यक्त गर्नुभएको थियो ।

Thursday, March 22, 2012

विश्वकै कान्छा फोटोग्राफर रिरेन्द्र श्रेष्ठ के भन्छन्

(बालप्रतिभाको आँगनमा)
Rirendra with Prime Minister Dr. Baburam Bhattrai
रिरेन्द्र श्रेष्ठ नेपाली बालप्रतिभा हुन् । उनी विश्वकै कान्छा फोटोग्राफर हुन् । सेन्ट जेभियर स्कुलमा कक्षा १ मा पढ्ने रिरेन्द्र अहिले ६ वर्षका भए ।
उनले आफू पन्द्र महिनाको उमेरको हुँदा देखि फोटो खिच्न थालेका हुन् । चार वर्षको उमेरमा सन् २०११ जुलाइ महिनामा उनको नाम विश्वकै कान्छा फोटोग्राफरको रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा लेखिएको हो ।
यस अङ्कमा हामीले यिनै कान्छा फोटोग्राफर प्रतिभाशाली बालक रिरेन्द्र श्रेष्ठसँग गरिएको कुराकानी प्रस्तुत गरेका छौं । 
फोटो खिच्न कसले सिकाइ दियो ?
बुवा, आमा र दिदी तीनै जनाले फोटो खिच्नु हुन्छ । उहाँहरूले नै मलाई फोटो खिच्न सिकाउनु भएको हो ।
तपाईंले खिच्नु भएको पहिलो फोटो कुन हो ?
मैले खिचेको पहिलो फोटो मेरी आमाको फोटो हो । त्यसपछि मैले गिरिजाप्रसाद कोइराला, माधव नेपालको फोटो खिचें । अनि अहिले विश्वमै नाम लेखाउन सफल भएपछि राष्ट्रपति डा. रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री डा. बाबुराम भट्टराई र अरु थुप्रै मन्त्रीहरू लगायत धेरै मान्छेहरू र विभिन्न प्रसिद्घ ठाउँहरूको फोटो खिचेको छु ।
के गर्दा रमाइलो र मज्जा लाग्छ ?
नयाँ–नयाँ फोटो खिच्न पाउँदा मलाई रमाइलो लाग्छ र मज्जा पनि आउछ । अनि मलाई फुटबल, बास्केटबल र क्रिकेट खेल्दा पनि मज्जा लाग्छ ।
अब कस्तो फोटो खिच्न मन लागेको छ ?
अब अलि फरक किसिमको फोटो खिच्न मन छ । जस्तै, नम्बर प्लेट नराखी चलाएको सवारी साधनको, कहिं कतै दुर्घटना भयो भने त्यसको पनि सुरुमै फोटो खिच्न मन लाग्छ । मलाई सबैभन्दा बढी कन विश्वको सर्वोच्च शिखर सगरमाथाको फोटो नजिकैबाट खिच्ने मन छ । माउन्टेन फ्लाइटबाट त मैले फोटो खिचिसकेको छु ।
फोटो खिच्न घुम्दा कस्तो अनुभव भयो ?
एकदमै रमाइलो भयो । मैले फोटो खिच्ने प्रतिभा भएकोले प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, मन्त्रीहरू र अरु थुप्रै मानिसहरूसँग भेट्ने मौका पाएँ । सबैले माया गर्नु भयो । एकदमै खुसी लागेको छ ।
फोटो खिचेर घरमै राख्ने हो कि, के गर्ने हो ?
मैले आफूले खिचेका फोटोहरू जम्मा पारेर फोटो प्रदर्शनी गर्ने गरेको छु । अहिलेसम्म मैले १२ वटा फोटो प्रदर्शनी गरिसकें । मलाई अझ धेरै फोटो खिचेर अझ धेरै मान्छेहरूलाई देखाउँने इच्छा छ ।
ठूलो भएर के बन्ने इच्छा छ ?
विश्वकै राम्रो टप फोटोग्राफर बन्ने लक्ष्य छ । अनि असल प्रहरी बनेर देसको नाम संसार भरि चिनाउछु । देसको सेवा गर्छु भन्ने इच्छा छ ।
आफूले खिचेको कुन–कुन फोटो मनपर्छ ?
सगरमाथा हिमालको, दक्षिणकालीको, नम्बर प्लेट नराखेको गाडीको र राष्ट्रपतिको फोटो मलाई राम्रो लाग्छ । यी फोटोहरू मैले राम्रो खिचेको छु भन्ने मलाई लागेको छ ।
                           प्रस्तुति ः ऋषिराम पाण्डे

Tuesday, March 6, 2012

मिदास ई क्लास बजारमा

मिदास एजुकेसन प्रा.लि. (अग्रणी व्यापारीक समुह मिदासको एक अंग) ले मिदास इ(क्लास नेपाली बजारमा ल्याएको छ । यो नेपालमा बनेको अन्तर क्रियात्मक श्रब्य दृष्य शैक्षिक सफ्टवेयर हो । विशेष रुपमा भन्नुपर्दा मिदास इ(क्लास नेपाल सरकारको पाठ्यक्रममा आधारित तयार पारिएको एकमात्र डिजिटल मल्टिमिडिया शिक्षण सफ्टवेयर हो । यसको प्रयोगबाट शिक्षकहरुले स्कुलमा पढाउने र विधार्थीहरुले पढ्ने शैलीमा नविनतम परिवर्तन ल्याउछ ।
विधार्थीहरुले पाठ्यक्रममा भएको गाह्रो भन्दा गाह्रो विषयहरुलाई एनिमेटेड् गरीएको श्रब्य दृष्यद्वारा संवादिकरुपमा हेर्न र सुन्न सक्छन् । कम्पनिका अनुसार यसले विधार्थीहरुमा रमाइलो र उत्कृष्ट अनुभवका साथमा स्कुलमा उनीहरुको सम्पूर्ण शैक्षिक उपलब्धि बढाउनमा मद्दत गर्दछ ।
त्यसैगरी एनिमेसन र श्रब्य दृष्य तथा बिभिन्न अरु उपयोगी वस्तुबाट शिक्षकहरुले आफ्नो पढाउने पद्धतिहरुलाई परिष्कृत गर्दै लान सक्छन् ।
कम्पनिका अनुसार मिदास इ(क्लासको मुख्य उद्देश्य चाँहि विधार्थीहरुले विभिन्न मल्टिमिडिया शैक्षिक सामाग्रीको मद्दतबाट राम्ररी पढ्न सकुन र साथै छलफल, वादबिवाद, रचनात्मक तथा तार्किक विश्लेषणका साथै सामुहिक अध्ययन गर्न सकुन् भन्ने हो । धेरै अन्र्तसंवाद हुने भएकोले यसले शिक्षक तथा विधार्थी दुबैमा  राम्ररी बुझ्ने र बुझाउने वातावरण सृजना गर्दछ, जसले गर्दा समयमा कोर्स सकिन्छ भन्ने दाबि कम्पनिको रहेको छ ।
कम्पनिले अझ सक्षम बनौं, अनि आत्मविश्वास बढाऔं भन्ने मूलनाराका साथ मिदास ई क्लास नेपालको निजी तथा सामुदायिक स्कूलहरुका लागि आजै देखि उपलब्ध  गराईएको जानकारी गराएको छ  ।

MiDas eClass in market


MiDas Education Pvt. Ltd, a unit of a leading business group MiDas, has launched MiDas eClass, an Animated Interactive Audio-visual teaching software, in Nepali market.  
Specifically speaking, MiDas eClass is a Nepal Government curriculum based digital initiative, which is committed towards transforming the way teachers teach and students learn in schools with innovative and meaningful use of technology.
Designed and developed in Nepal, the digital product is basically towards schools.
“We have introduced MiDas eClass after the phenomenal success of our other education related Audio-visual products like MiDas Edukit. We are highly optimistic that MiDas eClass will also prove pivotal in empowering the entire academic system and process of schools,” claims the company.
“Students learn difficult and abstract curriculum concepts watching highly animated and interactive visuals. This makes learning an enjoyable experience for students while improving their overall academic performance in school,” states the company.
Similarly, teachers get the relevant digital resources such as animations and videos, interactive virtual labs’ tools etc and they could develop their lesson plan in computer using these contents, it is said.
The core principle of MiDas eClass is that students learn better through a variety of multisensory experiences, including hands-on activities, discussions, debates, creative and critical thinking activities, collaborative research, field trips and multimedia, adds the company.
Uniformity in class teaching, better understanding of concept, empowerment of both teachers and students, more interaction in class and quick assessment and course completion in time are some of the benefits of MiDas eClass.
Superior audio and visuals, cost effective and simple installation procedure and content upgrades on a regular basis are said to be other unmatched features of MiDas eClass.

खेलौँ अब होली (बालकविता) - रमेशचन्द्र घिमिरे


आज रङ्गीन भए पनि नुहाउनुपर्ला भोलि
सबै मिली रमाउँदै खेलौँ अब होली

रीता, गीता होली खेल्छन् यो रमाइलो दिन
सीता पनि आऊ यतै एक्लै बस्छ्यौ किन
केटाकेटी सबै हिँडे भई टोली-टोली
हामी पनि रमाउँदै खेलौँ अब होली

लाइदिऊँ अबिर छिटो-छिटो भाग्लिन् बूढी आमा
रातो रङले रङ्ग्याइदिऊँ सुन्तलीको जामा
अमिलो मन पार्नुहुन्न हाँसौं दिल खोली
साथी-भाइ रमाउँदै खेलौँ अब होली

कोही भन्छन् अबिर अनि कोही भन्छन् फागु
हातमा फागु देख्नासाथै हुन्छ भागूँ-भागूँ
काकी पनि आउनुस् नत्र रङ्ग्याई छाड्छौं चोली
हामी सबै रमाउँदै खेलौँ अब होली ।