Tuesday, September 25, 2012

गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कार, २०६९ ‘फ्लास्ब्याकमा जिन्दगी’ नामक लक्ष्मी उप्रेतीको उपन्यासलाई, प्रथम हुने प्रतिभालाई एक डोको पुस्तक पुरस्कार


काठमाडौं,  वरिष्ठ लेखक गोविन्द बहादुर मल्ल गोठालेको स्मृतिमा स्थापित गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कार वर्ष २०६९ का लागि लक्ष्मी उप्रेती लिखित किशोर उपन्यास फ्लास्ब्याकमा जिन्दगीलाई प्रदान गरिएको छ । वरिष्ठ समालोचक प्रा.डा. चुडामणि बन्धु, प्रज्ञाप्रतिष्ठानका उपकुलपति गङ्गाप्रसाद उप्रेती, जलेश्वरी श्रेष्ठ, गीताकेशरी र उन्नति बोहोरा शीलाले संयुक्त रुपमा यो पुरस्कार प्रदान गर्नुभएको थियो । पुरस्कारमा ११ हजार १ सय एघार नगद र ताम्रपत्र रहेको छ ।
   कार्यक्रममा उपत्यकाव्यापि विद्यालय स्तरीय कथालेखन प्रतियोगितामा अम्लेट, तिलक र बिक्सोशीर्षक कथा लेखी प्रथम हुने स्कलर्स होम एकेडेमी स्कुल, सामाखुसीकी १३ वर्षिय बालिका सुयोशा अधिकारीलाई एक डोको पुस्तक र बुद्घको प्रतिमा भएको शिल्ड प्रदान गरिएको छ । त्यस्तै दोस्रो र तेस्रो हुने क्रमशः नीति दाहाल, एडभान्स स्कुल, कालोपुल (द म्याजिसियनकथा) र तृतीय प्रतिमा भट्टराई, कक्षा ८, गार्गी शिक्षा सदन, गणेशमार्ग, चावहिल । (अनिताका अक्षरकथा) लाई एकएक डालो पुस्तक र बुद्घको प्रतिमा भएको शिल्ड दिई पुरस्कृत गरिएको छ । कार्यक्रममा छनोटमा परेका १८३ जना विद्यार्थीहरूको कथामध्येबाट उत्कृष्ट दशवटा छानी उत्कृष्ट तीनलाई विशेष पुरस्कार र अन्य सातजनालाई ट्रफी प्रदान गरिएको छ । साथै पुरस्कृतमध्ये उत्कृष्ट तीनजनालाई मायोज गिफ्ट ह्याम्पर, मिदासको हेर्ने पाठ्यपुस्तकको सिडी र प्रथम हुने प्रतिभालाई रु चार हजार आठसय बराबरको डिएमआइटी टेस्टको उपहार पनि प्रदान गरिएको छ ।
   किशोर साहित्यको टड्कारो आवश्यकता र यस क्षेत्रमा रहेको शून्यताको स्थितिलाई गति प्रदान गर्ने कार्यमा सानै भए पनि सकारात्मक पहल होस् भन्ने सदिच्छाका साथ वरिष्ठ साहित्यकार एवं समाजसेवी जलेश्वरी श्रेष्ठको पहलमा उहाँ आफैले संस्थापकका रुपमा रही दुई लाखको अक्षयकोष जुटाएर किशोर पुरस्कारको स्थापना केटाकेटी नेपालले गरेको हो । यो पुरस्कार यसै वर्षबाट बितरण गर्न शुरु गरिएको हो । यस वर्ष पुरस्कृत कृति फ्लास्ब्याकमा जिन्दगीको पनि सोही समारोहमा वरिष्ठ लेखकहरु डा. चुडामणि बन्धु र गीताकेशरीले संयुक्त रुपमा विमोचन गरेका थिए । विमोचित कृतिको वारेमा डा. कुमार कोइराला र रामदेव पाण्डेले प्रकाश पारेका थिए ।
   किशोरकिशोरीको जीवनमा सकारात्मक परिवर्तन ल्याउने कार्यमा प्रेरणादायी भूमिका निर्वाह गरी उनीहरूलाई साहित्यिक मिठास दिन समर्थ उत्कृष्ट कृतिको पाण्डुलिपिलाई हरेक वर्ष यो पुरस्कार प्रदान गरिने भएको छ । यस अवसरमा विभिन्न विद्यालयका किशोर प्रतिभाहरूलाई सिर्जनामा लाग्न प्रेरित गर्न साहित्य लेखन प्रतियोगिता गरिएको हो । सहभागीमध्ये उत्कृष्ट एक सयवटा कथा समावेश गरी केटाकेटीका उत्कृष्ट बालकथाहरू नामक कृति प्रकाशन गरिने भएको छ ।
उपत्यकाव्यापिव्यापि कथालेखन प्रतियोगितामा उत्कृष्ट दशमा पर्न सफल प्रतिभा र विद्यालयहरू यस प्रकार रहेका छन् ः
      ४. राजकुमार थपलिया, कक्षा १०, रोल नं. १,
         पद्मोदय उच्च मावि, पुतलीसडक, काठमाडौं ।
       कथाको शीर्षक ः यस्तो बन्द कहिले नहोस्’ (भाषा ः नेपाली)
      ५. प्रज्ज्वल दाहाल, कक्षा ९, एम्बेसडर एकेडेमी, जोरपाटी, काठमाडौं ।
       कथाको शीर्षक ः हन्टेड’ (भाषा ः अङ्ग्रेजी)
      ६. सुमना केसी, कक्षा ९ बि, भिएस निकेतन, मिनभवन, काठमाडौं ।
       कथाको शीर्षक ः म पनि केही हुँ’ (भाषा ः नेपाली)
      ७. अर्जुन गौतम, कक्षा ८, ब्राइट फ्युचर हाईस्कुल, नैकाप, काठमाडौं ।
       कथाको शीर्षक ः सुखको सपना’ (भाषा ः नेपाली)
      ८. बिपिना आचार्य, साइरियस उमावि, वाफल, काठमाडौं ।
         कथाको शीर्षक त्यो अँध्यारो रातमा झ्यालबाट’ (भाषा ः नेपाली)
      ९. शाम्भवी पराजुली, प्रिन्सटन् इन्टरनेसनल हाई स्कुल, शान्तिनगर, काठमाडौं ।
         कथाको शीर्षक भाइले ल्याएको हलचल’ (भाषा ः नेपाली)
      १०. सिद्घान्त सिटौला, कक्षा १०, न्यु सनसाइन स्कुल, नयाँ बानेश्वर, काठमाडौं ।

Sunday, September 2, 2012

अब उनी लिटिल मिस नेपाल भएकी छिन्

सुप्रिया मास्के, लिटिल एन्जल्स स्कुल ।
यस वर्ष लिटिल मिस वल्र्डमा प्रतिस्पर्धा गर्न जान २५० जना बालिकाहरुमध्येबाट उत्कृष्ट भई छनोट भएकी छिन् । अब उनी लिटिल मिस नेपाल भएकी छिन् । उनलाई हार्दिक बधाई छ । उनले पनि टर्कीमा हुने फाइनल प्रतियोगितामा यस अघिकी लिटिल मिस वल्र्ड विपश्वीले जस्तै गरी टाइटल जितेर नेपालको सान बढाउन सकून् भन्ने शुभकामना ब्यक्त गर्दछौं ।
 – केटाकेटी न्युज मासिक पत्रिका परिवार ।