Tuesday, March 6, 2012

मिदास ई क्लास बजारमा

मिदास एजुकेसन प्रा.लि. (अग्रणी व्यापारीक समुह मिदासको एक अंग) ले मिदास इ(क्लास नेपाली बजारमा ल्याएको छ । यो नेपालमा बनेको अन्तर क्रियात्मक श्रब्य दृष्य शैक्षिक सफ्टवेयर हो । विशेष रुपमा भन्नुपर्दा मिदास इ(क्लास नेपाल सरकारको पाठ्यक्रममा आधारित तयार पारिएको एकमात्र डिजिटल मल्टिमिडिया शिक्षण सफ्टवेयर हो । यसको प्रयोगबाट शिक्षकहरुले स्कुलमा पढाउने र विधार्थीहरुले पढ्ने शैलीमा नविनतम परिवर्तन ल्याउछ ।
विधार्थीहरुले पाठ्यक्रममा भएको गाह्रो भन्दा गाह्रो विषयहरुलाई एनिमेटेड् गरीएको श्रब्य दृष्यद्वारा संवादिकरुपमा हेर्न र सुन्न सक्छन् । कम्पनिका अनुसार यसले विधार्थीहरुमा रमाइलो र उत्कृष्ट अनुभवका साथमा स्कुलमा उनीहरुको सम्पूर्ण शैक्षिक उपलब्धि बढाउनमा मद्दत गर्दछ ।
त्यसैगरी एनिमेसन र श्रब्य दृष्य तथा बिभिन्न अरु उपयोगी वस्तुबाट शिक्षकहरुले आफ्नो पढाउने पद्धतिहरुलाई परिष्कृत गर्दै लान सक्छन् ।
कम्पनिका अनुसार मिदास इ(क्लासको मुख्य उद्देश्य चाँहि विधार्थीहरुले विभिन्न मल्टिमिडिया शैक्षिक सामाग्रीको मद्दतबाट राम्ररी पढ्न सकुन र साथै छलफल, वादबिवाद, रचनात्मक तथा तार्किक विश्लेषणका साथै सामुहिक अध्ययन गर्न सकुन् भन्ने हो । धेरै अन्र्तसंवाद हुने भएकोले यसले शिक्षक तथा विधार्थी दुबैमा  राम्ररी बुझ्ने र बुझाउने वातावरण सृजना गर्दछ, जसले गर्दा समयमा कोर्स सकिन्छ भन्ने दाबि कम्पनिको रहेको छ ।
कम्पनिले अझ सक्षम बनौं, अनि आत्मविश्वास बढाऔं भन्ने मूलनाराका साथ मिदास ई क्लास नेपालको निजी तथा सामुदायिक स्कूलहरुका लागि आजै देखि उपलब्ध  गराईएको जानकारी गराएको छ  ।

No comments:

Post a Comment