Sunday, December 11, 2011

Interview With सुप्रभात भण्डारी, अध्यक्ष, अभिभावक संघ

यस अंकमा हामीले विगत १६ वर्षदेखि अभिभावकको हकहितका लागि सक्रिय अगुवा सुप्रभात भण्डारीसँग विद्यार्थीले भोगिरहेको स्कुल बसमा विद्यार्थीले उभिनुपर्ने समस्या र होस्टेलमा बस्ने विद्यार्थीको अवस्थाको विषयमा केन्द्रीत भएर कुराकानी गरेका छौं ।
लाखौं विद्यार्थी होस्टेलमा बस्छन्, होस्टेलको गुणस्तरको अनुगमनको लागि केही काम गर्नु भएको
यो क्षेत्रमा केही काम भएको छैन । जिल्ला शिक्षाले गर्नु पर्ने हो तर खासै केही भइरहेको छैन ।
होस्टेलमा विद्यार्थी राख्ने कुरा विद्यालयको ठूलो व्यापार भइरहेको छ । पैसा कमाउँन बसेका स्कुल बढी नाफामुखी भएका छन् । उसले दिने सेवा र सुविधावारे अनुगमन नहँुदा स्वेच्छाचारी जे मन लाग्यो त्यही गर्ने चलन बढ्दै गएको छ । सरकारी निकायको अनुगमनको पूरै अभाव छ । अभिभाभक संघले पनि यस विषयमा केही काम गर्न सकेको छैन । सरकारको समेत संलग्नतामा समिति बनाएर यो क्षेत्रमा काम गर्नुपर्ने अवस्था रहेको मैले महसुस गरेको छु । होस्टेलमा कस्तो खाना खान दिनुपर्ने, सुत्ने खाट कस्तो हुनुपर्ने र भौतिक अवस्थाको मापदण्ड के हुनुपर्ने भन्ने जस्ता विषयमा रही यस क्षेत्रमा अनुगमन गर्नु आवश्यक छ ।
बसमा विद्यार्धी कोचिरहेका छन्, खै यो विषयमा तपाईंको संघले के काम ग¥यो त ?
 केही नगरेको होइन तर चाहिने जति गर्न नसकेको भने पक्का हो । बसको अवस्थामा सुधार गरिनुपर्छ भनेर मैले हरेक ठाउँमा आवाज उठाएको छु ।
ड्ड यस्तो किन गरेको भनेर निजी विद्यालयका संचालकहरूसँग छलफल हुँदा उनीहरू के भन्छन् ?
 उनीहरू यो विषयलाई टार्न खोज्छन् । विद्यार्थीको शुल्क उठ्दैन । टाढाबाट पढ्न आउँछौं बस सुविधा निःशुल्क प्रयोग गर्न पाउँ भन्ने पनि बढी छन् । त्यो भएर यस्तो भएको हो भन्ने उनीहरूको कुरा रहेको छ ।
दह्रो कानुन नभएर हेपेको हो जस्तो तपाईंलाई लाग्दैन ?
 हो, त्यो पनि हो । यो विषय कसले हेर्ने भन्ने कुरामा अहिलेसम्म हामीकहाँ स्पष्ट कानुन नै बन्न सकिरहेको अवस्था छैन । यो कुरामा हामीले सिरियस भएर लाग्ने योजना बनाएका छौं ।
बसमा छोराछोरी कोचिएर पीडित हुँदा अभिभावकहरू के भन्छन् त ?
 हामीकहाँ अभिभावकहरूमा चेतना र जागरुकताको कमी छ । साना बच्चालाई उठाएर शिक्षक सिटमा बसिदिने प्रवृति पनि छ । त्यो पनि नराम्रो कुरा हो । यसलाई व्यवस्थापन गर्ने वलियो निकाय बनाएर सरकारले बालबालिकाको अधिकारको सम्मान गर्नुपर्छ । अभिभावक पनि अब जागरुक बन्नुपर्छ ।      

No comments:

Post a Comment