Friday, February 24, 2012

न्याहुल र सुगाको प्रेम – ध्रुव थापा, हाल– अमेरिका

 एउटा जंगलको बीचमा ठूलो पोखरी थियो । त्यहाँ हजारौ प्रजातिका चराचुरुङ्गी र वन्य जनावरहरू मिलेर बस्थे । त्यसै हुलमा एउटा न्याहुल सुगा पनि थियो । तिनीहरूको एक अर्कामा प्रगाढ प्रेम थियो । न्याहुल सधैं गाउने र सुगा भने विभिन्न गीतको शब्दहरू सृजना गर्दथ्यो । तिनीहरूमा मित्रता हुनुको मुख्य कारण पनि त्यही थियो । उनीहरूको मित्रता देखेर सबै जनावरहरु इश्र्या गर्दथे ।
    समयको अन्तरालमा तिनीहरू माझ पनि असन्तुष्टी बढ्न थाल्यो । एक अर्काप्रतिको प्रेम भाव, समर्पणमा कमि देखिन थाल्यो । एक दिन जंगलको राजाको मृत्य भयो । अब जंगलको नियम अनुसार नयाँ राजाको चयन हने भयो । राजा बनाउन सबै आ–आफ्नो समर्थन बटुल्न थाले । जंगलमा वर्षौदेखि मिलेर वसेका जनावरहरूमा मतभिन्नता देखिन थाल्यो । राजनीतिले जहिलेपनि यस्तै विभाजन ल्याउछ । दैव संयोग  न्याहुल चिलको पक्षमा लाग्यो भने सुगा मयूरको पक्षमा लाग्यो । चिलले आफ्नो प्रतिनिधि स्वरुप न्याहुललाई उठायो तर सुगा भने मौन सर्मथन झै बस्यो । यसै बीच तिनीहरूको मित्रतामा शंकाको बीजारोपण भयो, प्रेम खोक्रो बन्यो ।
    समय र सागरले कसैलाई पर्खदैन । समयमा भोट भयो भयो । मयूरले बहुमत पाएर विजय बन्यो भने चिल पराजित भई आत्मग्लानिले अन्यत्रै गयो । न्याहुल पनि हुलमा मिसिन छाड्यो । एक्लै बस्ने भयो । उता सुगा भने सवैको सहमतीमा मन्त्री भयो । तर ऊ दुःखी थियो । यस पदमा कारण उसले आफ्नो परम मित्र गुमाएको थियो । सुगाले लाखौं प्रयत्नमा पनि न्याहुलको हृदय जित्न सकेन । बरु ऊ स्वयं चिन्ता र दुःखले अस्वस्थ्य भयो । दिन प्रतिदिन उसको अवस्था अझ करुण हुदै गयो । यसै शोकले एकदिन सुगालाई  अति सतायो उसलाई उपचारको निम्ति अन्यत्रै पठाइयो । धेरै   चराचुरुङ्गी उसको स्वास्थ्यको कामना गर्न आए तर न्याहुल आएन । अब झन अति असहनीय भयो सुगालार्ई । ऊ अन्तमा मन्त्री पदबाट राजीनामा दिएर देश विदेशको भ्रमणमा निस्कियो । त्यसपछि सुगा धेरै देश घुमेर निकै अनुभव बटुल्दै लोकप्रियता हासिल गर्दै गयो । एक दिन सारा पशु पंक्षीले सुगालाई आफ्नो राजा ठाने । तर सुगा यो सब स्वीकार्न असमर्थ थियो कारण ऊ अति महत्वकांक्षी र न्यायप्रीय थियो । यसैले उसलाई राजा हुन उचित लागेन कारण उसलाई मन नपराउने उसकै प्रीय साथी थियो ।
    उसमा मित्रलाई भेट्ने प्रगाढ चाहना बढ्यो । ऊ आफ्नो पुरानो ठाउँ फर्कने भयो । उसको त्यहाँ धुमधामसित स्वागत भयो । सारा पशुपंक्षीलाई निम्त्याइएको थियो । उसको स्वागतको निम्ति । तर त्यहा“ अफसोस न्याहुल आउन सकेको थिएन । सुगालाई यो सारा स्वागत निरर्थक लाग्यो र ऊ दुःखी भई जंगलतिर लाग्यो । आफ्नो पुरानो साथीको खोजमा ।  खोज्दा खोज्दा जंगल बीचमा उस्ले न्याहुललाई एक्लै चुपचाप बसेको पायो । ऊ अति हर्षित भयो । कारण न्याहुललाई ऊ फेरि फर्केर आउने छ र उनीहरुको मित्रता यथावत कायम रहने छ भन्ने थियो । तर न्याहुल भने अर्कै भइसकेको थियो । लाख मनाउँदा पनि ऊ फर्कन चाहेन । उसलाई भीडमा आउन हिम्मत र साहस थिएन । ऊ सोच्दथ्यो कि त्यहाँ उसको अपमान हुनेछ भनेर । आफ्नो अपमान कसलाई मन पर्दछ र ऊ त्यहा जाओस् । सुगाले धेरै विन्ति ग¥यो, सम्झायो सारा पशुपंक्षीले तिम्रो प्रतिक्षा गरिरेहछन् भन्यो तर न्याहुल आफ्नै अंहकार र घमण्डले मातिएको थियो । सुगाको याचनामा उसले व्यंग्य देख्यो । अन्त्यमा हार भएर सुगा फर्कियो । ऊ अति दुःखी हृदय लिएर त्यस स्वागत सभामा जान सकेन । उसले आफ्नो सारा ज्ञान मान, प्रतिष्ठा सारा निरर्थक देख्यो । उसले आफ्नै परम मित्रलाई खुसी तुल्याउन सकेको थिएन र आफुले हासिल गरेको सारा ज्ञान उसलाई व्यर्थ लाग्यो । उसले अझै आफूप्रति कमी र असन्तुष्टि पायो । यसरी अन्तमा सुगाले मित्र विछोडको विरहमा आत्महत्या ग¥यो ।
    यो खबर सारा जंगलमा फैलियो न्याहुलले पनि सुन्यो र अब भने उसको सारा घमण्ड समाप्त भयो । बल्ल उसको आ“खा खुल्यो । तर अफसोच अब धेरै ढिलो भइसकेको थियो । उसले स्वयंलाई सुगाको हत्यारा ठान्यो र उसमा भएको कला त्यो सुमधुर गीत सदा–सदाको निम्ति हरायो । फलस्वरुप आज पनि न्याहुल वन जंगलमा एक्लै रुँदै दुःखी भएर मित्र वियोगमा तड्पिएर एक्लै  बन जंगलहरूमा रोई हिडेको देखिन्छ ।

No comments:

Post a Comment