Friday, February 24, 2012

अमेरिकामा चम्किरहेका बालप्रतिभा

Child Talent Himanshu
यस अंकमा हामीले अमेरिकामा नै जन्मिएर उतै हुँर्कदै, उतै बस्दै पढिरहेका नेपाली बालप्रतिभा हिमांशु निभा कुँवरसँग च्याटमा कुराकानी गरेका छौं । उनी प्रतिभाशाली बालक हुन् । सानै नौ वर्षको उमेरमा किताब लेख्न सफल उनले अनलाइन रेडियोमा कार्यक्रम पनि चलाइरहेका छन् ः
के छ खबर, के गर्दै हुनुहुन्छ ?
ठीक छ । म स्कुल गइरहेको छु । राम्ररी पढिरहेको छु ।   ... तपाईं नेपाल घुम्न आउनुभएको छ ? नेपाल आउँदा के गर्न रमाइलो लाग्छ ?
आएको छु । मलाई नेपालमा साथीहरूसँग चौरमा खेल्न पाउँदा निक्कै मज्जा आएको थियो ।
Himanshu's Family
तपाईंको नेपाली साथीहरू छन् ?
छन्, तर धेरै छैनन् ।
तपाईंको रुचि केमा छ ?
मलाई साहित्य लेख्न मनपर्छ । वैज्ञानिक बन्ने मेरो लक्ष्य हो । आविष्कारक बन्नु मेरो चाहना हो ।
लेखक किन बन्नु भएको ?
सानै देखि कमिक्स र कथाको किताब पढेर हुर्किएँ । त्यही भएर मलाई लेख्न मन लागेको हो ।
मनपर्ने नेता को हुन् ?
मलाई मनपर्ने प्रेसिडेन्ट रुजबेल्ट हुन् । अब्राहम लिङ्कन र डेनियल ¥याडक्लिप पनि मलाई मनपर्ने नेता हुन् ।
नेपालमा बस्ने साथीहरूलाई के भन्न मन   लागेको छ ?
स्कुलको किताब पढेर मात्र हुँदैन अरु धेरै बालसाहित्यका किताबहरू पनि पढ्ने गर्नुस् भन्न मन लागेको छ ।
के गर्दा तपाईंलाई मज्जा लाग्छ ?
 किताब पढ्दा मलाई मज्जा लाग्छ । जेके रोलिङको हेरिपोर्टर र टाइट कुबो, इचिरो ओडाको म्यागा पढ्दा निक्कै मज्जा लाग्छ ।
... अमेरिकामा कसरी पढाइन्छ ? मास्टरले लौरोले पिट्छन् कि पिट्दैनन् ?
यहाँ शिक्षकले विद्यार्थीलाई पिट्न पाउँदैनन् । त्यो गैर कानुनी काम हो । यहाँ शिक्षकले राम्रो भयो भने पुरस्कार दिन्छन् । नराम्रो भयो भने अफिसमा लगिन्छ, अभिभावकलाई फोन कल गर्छन् । अफिसमा जानु, फोन कला आउँनु यहाँ विद्यार्थीका लागि लाजमर्दो कुरा हो । नेपालमा वर्षभरि कोर्ष बुकमात्र पढाइन्छ अरे तर यहाँ गणित, सामाजिक, विज्ञान, इतिहास, शिक्षा विषय वाहेक लेख्ने, पढ्ने, सामाजिक काम लगायतका कुरा पनि पढाइसँगै आउँछन् । कम्तिमा हप्तामा एउटा नयाँ किताब पढेर कम्प्युटरमा आफै जाँच दिएर आफूले कति जानें भन्ने कुरा थाहा पाउँन सकिन्छ । यो विद्यार्थीलाई आफूले आफैलाई सुधार्ने राम्रो मौका हो जस्तो मलाई लाग्छ । त्यसैले हामी विद्यार्थीलाई जति सक्यो बढी सक्रिय बनाएर हामीलाई सिकायो भने त्यो ज्ञान इफेक्टिभ हुन्छ भन्ने कुरा नेपालका टिचरले पनि बुझ्नु जरुरी छ ।

No comments:

Post a Comment