Sunday, February 19, 2012

Children's Song by Prabha Bhattrai, बालगीत — प्रभा भट्टराई

(Prabha Bhattrai)
सानैदेखि हाम्रो मन भाँच्न नखोज
हामीलाई पैसासँग साट्न नखोज
चाँहिदैन सुन चाँदी सम्पत्तीको धारो
हामीलाई पैसाभन्दा बाबाआमा प्यारो


न्यानो काख छुटाएर किन पार्छौ पाखा
सिक्न थाल आजैबाट ममताको भाका
सन्ततीको मोलतोल जाँच्न नखोज
हामीलाई पैसासँग साट्न नखोज


दामी दामी बोतलमा दूध खान दिन्छौ
बोली फुट्दा बोर्डिङमा बन्द गरिदिन्छौ
पैसा तिरे छुट्ने भयो तिम्रो अभिभारा
आया हाम्री आमा भइन् तिमी भयौं टाढा
साइनोको डोरी हाम्रो काट्न नखोज
हामीलाई पैसासँग साट्न नखोज ।

(source : ketaketi news monthly, fagun 068, page 3)

No comments:

Post a Comment